कोरोनाको असर, दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बलन्डन रद्द
काडमाडौं । कोरोना भाईरसको कारणले गर्दा पहिलो पटक विम्बलन्डन टेनिस प्रतियोगिता रद्द भएको छ । दोस्रो विश्वयुद्ध पछि पहिलो पटक ग्रास कोर्टको यो प्रतियोगिता रद्द गरिएको हो । यो ग्रान्डस्लेम प्रतियोगिता अब २०२१ जुन २८ देखी जुलाई ११ खेलिने अल ईङल्यान्ड लङ टेनिस क्लब (एईएलटीसी) ले बुधबार जनाएको छ ।
क्लबले एक विज्ञप्ति जारी गर्दै भन्यो – हामी दुखको साथ भन्छौ कि एईएलटीसीको बोर्ड कमिटी र च्याम्पियनसिप प्रर्वद्धन समितिको सल्लाहमा कोभिड–१९ को कारण स्वास्थ्यमा पर्नै असरलाई मध्यनजर गर्दे यो प्रतियोगिता रद्द गर्ने घोषणा गरेका छौ । अब यो प्रतियोगिता २०२१ जुन २८ देखी जुलाई ११ सम्म खेलिने छ । क्लबले भन्यो जो ब्यक्तिहरुले यो प्रतियोगिताको लागी टिकट खरीद गर्नु भएको वाहाहरुको पैसा फिर्ता गरिनेछ ।
यो बर्षको विम्बलन्डन २९ जुन देखी १२ जुलाई सम्म हुन तय भएको थियो ।
Facebook Comment