स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु

डिसी नेपाल
२० चैत २०७६ १२:५५

एजेन्सी । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ।

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन्।

यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ।

यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ। फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो। युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *