टेनिस खेलाडी म्याकनारो पनि कोरोना संक्रमित

डिसी नेपाल
२० चैत २०७६ १४:०७

काठमाडौं । अमेरिकी डेभिस कप टोलीका पूर्व कप्तान पैट्रिक म्याकनेरोले सोशल मीडियामा एक भिडियो शेयर गरेका छन् । भिडियोमा उनले आफूलाई कोरोना भाइरस बाट संक्रमित भएको बताएका छन ।

आठ पटकको ग्रान्ड स्लैम च्याम्पियन जोन म्याक्नेरोको कान्छो भाई प्याट्रिक म्याकनेरोले बताए अनुसार उनलाई लक्षण देखाउनु भन्दा दश दिन अगाडीनै उनको न्यूयोर्कमा परीक्षण भएको थियो ।

प्याट्रिक म्याक्रोले भने – शुभ समाचार भनेको अहिले मलाई राम्रो लागिरहेको छ, म भित्र अब रोग को कुनै लक्षण छैन र म १०० प्रतिशत स्वस्थ छु।

प्याट्रिक म्याक्रोएले आफ्नो क्यारियरमा एक एटीपी एकल उपाधि र १६ डबल्स उपाधि जितेका छन । उनले १९८९ मा फ्रेन्च ओपन डबल्स उपाधि जितेका थिए।

उनले आफ्नो भाइको स्थानमा डेभिस कप टोलीका कप्तान बनेर लगभग एक दशकसम्म यो जिम्मेवारी वहन गरेका थिए । सन २००७ मा उनको नेतृत्वमा अमेरिकाले डेभिस कप उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *