मेगा बैंकले कोरोना उपचार कोषमा १ करोड ३५ लाख दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल १ करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।
बैंकले केन्द्रको कोषमा १ करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका १ हजार २ सय भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।
प्रतिक्रिया
Facebook Comment