विदेशी भूमिमा ‘होम क्वारेन्टाइन’मा बस्दा
विश्वलाई आतंकित बनाइरहेको कोरोनाभाइरस (कोभिड–१९)ले म कार्यरत रहेको मध्यपूर्वी खाडिमुलुक कतारमा पनि डेरा जमाइरहेको छ । कतारमा म जस्तै झण्डै ४ लाख नेपाली दाजुभाई दिदिबहिनी रोजगारीका लागि हुनुहुन्छ ।
विश्वका सबैजसो मुलकका नागरिकलाई चैनको निद सुत्न दिएको छैन । विश्व जगत संकटबाट गुज्रिरहेको छ ।
करिब १९ दिनदेखि आफू बस्ने क्याम्पबाट बाहिर निस्कन पाएको छैन म । क्याम्पको गेटसम्म पुग्छु, प्रहरी र एम्बुलेन्सको ताती मात्रै देखिन्छ । रोडमा केही खाद्यान्न बोक्ने तथा पानी सप्लाइ गर्नै गाडि मात्रै छन् ।
सधै भिडभाड हुने रोड सुनसान देख्दा अच्चम लागेको छ । बाक्लो चहलपहल हुने मान्छेहरु कता गए होलान् ? म सधै दिनको एकपटक गेटबाट बाहिरको माहोल एकछिन नियालेर हेर्छु । अनि आफ्नो एकान्त कोठामा फर्कन्छु । म बसेको क्याम्पमा हामी १ सय २० जना कामदार छौँ । त्यसमध्ये ९ जना मात्रै नेपाली छौँ । त्यस्तै, फिलिपिन्स भारतीय तथा अन्य अरु देशका साथीहरू छ्न ।
लकडाउनपछि कोहि कसैको कोठामा जाने बस्ने भन्ने हँुदैन । सबै आफ्नो आफ्नो कोठामै बसेका छौँ । यहाँ मैले कतार सरकारको नियमकानून पूर्ण रुपमा पालना गरेको छु ।आज मैले कतारलाई आफ्नो रोजगारको कर्म थलो बनाएको पनि १३ वर्ष पुरा भैसकेको छ ।
लकडाउनपछिका मेरा आफ्ना दिनहरु एउटा बन्द कोठामै सामाजिक सञ्जाल हेरेर बितेका छन् । आजभोली पहिलाको भन्दा धेरै घरपरिवारसँग कुरा गर्छु । केही काम नभएपछि मनमा अनेक कुरा खेलिरहन्छन् । एकान्तमा सोच्छु आज किन यो दुनियाँमा मानव जाती नै विनाश गर्ने यस्तो संकट आएको होला ?
भर्खरै २ महिना अघिमात्रै घरमा गएर कतार फर्केको थिएँ । भर्खरै आएको भएता पनि घरपरिबारको यादले अहिले धेरै सताएको छ । मेरो नेपालमा सानो १४ महिनाको छोरा छ । मुटुको टुक्रा भन्दा प्यारो त्यो छोरोको बारम्बार याद आइरहेको हुन्छ । अनि ती बुढा हुनु भएका बुवाआमा र जीवन संगिनीको यादले मनमा डेरा जमाएर बसेको छ ।
मनमा अनेकौँ प्रश्नहरु खेल्छन् । भोलि मलाई यहाँ केही भएको खण्डमा मेरो परिबारमा के होला भनेर । अर्को तिर मेरो आफूमाथीको दाजु पनि वैदेशिक रोजगारको सिलसिलामा कोरियामा हुनुहुन्छ । घरमा ती बुढा भएका आमा बुवाले आउ छोरा घर आउ भन्दै फोनमा रातदिन रुनुहुन्छ ।
हामी परदेशीको जिन्दगी कस्तो है ? आफ्नो घरपरिबार दाजुभाई इस्ट्मिित्र दिदिबहिनीको साथबाट अलग बस्नु पर्ने । हरेक किसिमका कुराहरु मनमा खेल्दै यो परदेशको एकात कोठामा दिन बिताउन बाध्य छु ।
अहिले त म चाहेर पनि आफ्नो देश फर्कन पनि सक्दैन कि झै लाग्छ । नेपाल सरकार ले म जस्ता लाखौं नेपालीहरुलाई आफ्नै स्वदेश रोजगार दिनसक्ने वातावरणको सिर्जना गरोस् । मेरो सोच छ कथमकदाचीत यो रोगको कारण ले कसैको मृत्यु भै हाल्यो भने पनि परिवारले लास पनि देख्न पाउदैन्न दुःखको कुरा त्योभन्दा अरु के नै हुन सक्छ र ?
त्यस कारण हामिले आफैले कसरी हुन्छ सावधानि अपनाउँदा उतम हुनेछ आज लाखौं नेपालीहरु को एउटा कर्म थलो कतार भएको छ । वर्तमान परिस्थितिमा आफू कसरी बाँच्ने र कसरी यो विषम परिथितिबाट पार पाउन सकिन्छ होला ?
जुनरुपमा कतार सरकारले गरेको काम छ म येस्को अतिन्नै खुलेर प्रशंसा गर्न चाहन्छु । कोरोना भाइरसको बढ्दो जोखिमको यो घडीमा ‘मैले के गर्न सक्छु’ भन्ने महत्वपूर्ण विषय हो। तसर्थ, केही यस्ता उपायहरु छन्, जसलाई प्रत्येक व्यक्तिले अवलम्बन गर्ने हो भने हामी आफै पनि बच्न र अरुलाई बचाउन सक्छौं विश्वमा यस्ता महामारी फैलिनुमा मानविय रहन सहन, आहार विहार र लापरवाही नै मुख्य कारण हुन यसमा दुइ मत छैन् । हामी हिजो आज जति सचेत बनेका छौ यति मात्र सचेत सधै बन्ने हो भने पनि कतिपय रोगहरुलाई परास्त पार्न सक्छौ कोरोनाको लागि अझै प्रयाप्त सजकता नपुगेको होला ।
हाम्रो रहन सहन , आहार विहार शैलि हामिले परिवर्तन गर्न सक्नुपर्छ जबकी आज विश्व मानव जगतमा फैलिएको को यो रोगबाट पनि हामिले नयाँ शिक्षा लिनसक्छौ ।
आज कोरोनाको औषधि पत्तालगाउन दुनियाँ भरिका वैज्ञानिकहरु जुटिरहेका छन् । तर, पत्ता लागाउन नसकेको अबस्था छ । तत्कालाई कोरोनाको औसधी भनेको नै सावधान रहनु हो ।
Facebook Comment