सेनापतिसहित ‘सेन्ट्रल कोभिड मोनिटरिङ कमिटी’ गठन
काठमाडौं । सरकारले नेपालमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि तीनवटै सुरक्षा निकाएका प्रमुखहरु रहने गरी ‘सेन्ट्रल कोभिड मोनिटरिङ कमिटी’ गठन गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको उक्त कमिटीमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव, प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र नेपाल प्रहरीका प्रमुख ठाकुर ज्ञवाली समेत रहने व्यवस्था गरिएको छ ।
कोरोनाको महामारी विश्वभरी तिब्र गतिमा फैलिरहेका बेला नेपाल सरकारले नेपालमा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर यस्तो कमिटी बनाएको हो । कमिटीले नेपालमा कोरोनाको संभावित जोखिमलाई नेपाली तीनै तहका सुरक्षा टोलीले विशेष किसिमले हेर्ने गृहमन्त्रालय उच्च स्रोतले जानकारी दियो।
देश एकदमै कठिन परिस्थितिमा जाँनलाग्दा मात्र नेपाली सेनालाई फ्रन्ट लाइनमा ल्याउने गरिन्छ । अहिले कोरोनाले विश्वका शक्तिशालि राष्ट्रहरुलाई दिएको चुनौतिले पनि नेपाल सरकारले नेपाली सेनालाई अगाडि सार्नको लागि यस्तो कमिटी बनाइएको हो । हालसम्म नेपालमा ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एक जना निको भएर घर गइसकेका छन् भने ५ जनाले उपचार गराइरहेका छन् ।
Facebook Comment