एनआरएनएद्वारा कोरोना पीडितका लागि अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्थाको शुरुवात
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पीडितको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ ।
संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पीडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइनमार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।
गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत पहिलो पटक अनलाइनमार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड-१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन् ।
नयाँ अनलाइन पेमेन्ट प्रणालीवाट अब थोरै थोरै रकम पनि सहयोग गर्न सकिने उदेश्यले वेभ एप्लिकेसन सञ्चालन ल्याइएको हो ।
संघले केही दिनमा मोबाइल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ ।
महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेशस्थित नेपाली समूदायको सहयोगका अपेक्षा संघले गरेको छ ।
कोरोना भाइरसको महामारीबाट पीडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढि आर्थिक संकलन गरिसकेको छ ।
सहयोगको लागि लिंक : www.nrna.org/donate
Facebook Comment