कोरोनामुक्त हुनै लागेको वुहान शहरमा लकडाउन खुलेपछि फेरि पस्यो कोरोनाभाइरस !

डिसी नेपाल
२१ चैत २०७६ ११:५४

काठमाडौं। चीनको वुहान शहरमा एक पटक महामारीको रुप लिएर अहिले नियन्त्रणको संघारमा पुगेको कोरोनाभाइरस फेरि यही शहरमा बाहिरबाट प्रवेश गरेको छ । यस पटक यो भाइरस यहाँ विदेशबाट पुगेको हो । वुहानमा देखिएका नयाँ संक्रमित एक विद्यार्थी हुन् जो इङल्याण्डबाट चीन फर्किएका थिए । इङल्याण्डमा गरिएका जाँचमा उनमा कोरोना संक्रमण देखिएको थिएन त्यसैले उनले चीन जाने अनुमति पाएका थिए । तर, वुहान पुग्दा उनी कोरोना पोजेटिभ भइसकेका थिए ।

वुहान शहर कोरोनाभाइरसमुक्त हुनै लागेको अवस्थामा १६ वर्षका यी छात्र झोउ फेरि कोरोनाभाइरससँग आएका छन् । वुहानमा विगत १० दिनमा १ मात्र नयाँ संक्रमित भेटिएका थिए । तर, अब यी छात्र त्यहाँ पुगेपछि चीन सरकार सतर्क भएको छ । वुहानका चिकित्सा अधिकारीका अनुसार झोउ वुहानको पहिलो इम्पोर्टेड केस हुन् । झोउमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ ।

हुबेइ प्रान्तमा लकडाउन हटेपछि झोउ इङल्याण्डको न्यूक्यासलबाट दुबइ हुँदै बेइजिङ पुगेका थिए । बेइजिङबाट उनी वुहान गएका थिए । डेलिमेलको रिपोर्ट अनुसार यी छात्र पोजेटिभ भेटिएपछि चीन सरकार अत्यन्तै सतर्क भएको छ । समाचारअनुसार झोउ २१ मार्चमा न्यूक्यासल विमानस्थल पुगेका थिए जहाा जाँचमा उनीमा संक्रमण नभएको पाइएको थियो । उनी २३ मार्चमा बेइजिङबाट हाइस्पिड ट्रेनमा वुहान गएका थिए । वुहान पुग्नासाथ उनलाई आइसोलेनमा राखियो तर यतिबेला उनीमा लक्षण देखिएको थिएन । २८ मार्चमा उनको न्यूक्लिक एसिड टेस्ट गर्दा उनी संक्रमित भएको पुष्टि भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *