साउदी अरबका पूर्वी क्षेत्र दम्माम, ताइफ र कतिफमा कर्फ्यूको समय लम्बियो

डिसी नेपाल
२१ चैत २०७६ १५:०४

रियाद । साउदी अरबका पूर्वी क्षेत्रहरु दम्माम, ताइफ र कतिफमा कर्फ्यूको समय लम्ब्याइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदी सरकारले अप्रिल ३ तारिख शुक्रबारदेखि लागू हुने गरी पूर्वीक्षेत्रका दम्माम, ताइफ र कतिफ अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समय लम्ब्याइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार बेलुका ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश लम्ब्याइएको हाे ।

दूतावासले यी क्षेत्रमा रहेका नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *