ठूला र शक्तिशाली देशले घुँडा टेकेका बेला यी ४ साना देशले कोरोनाभाइरसलाई कसरी जिते ?
काठमाडौं। कोरोनाभाइरसको विश्वव्यापी महामारीका अगाडि अमेरिका, बेलायतसहित युरोपका ठूला, विकसित र शक्तिशाली देशहरुले समेत घुँटा टेकिसकेका छन् । तर, ४ देशहरु यस्ता छन् जसले कोरोनाभाइरसको गम्भीर जोखिममा परेर पनि सफलतापूर्वक यो भाइरसलाई हराएका छन् । यी साना देशहरुको विजयको रणनीति ती ठूला र शक्तिशाली देशहरुका लागि पनि मार्गदर्शन हुन सक्छ जो अहिले गम्भीर महामारीसँग जुधिरहेका छन् । ठूला देशहरु अहिले कोरोनाभाइरससँग त्रसित छन् तर ताइवान, सिंगापुर, हङकङ र क्युवाले भने सानो देश भएरै पनि यो महामारीलाई हराउन सफल रहे ।
यी चार देशमध्ये केहीमा कोरोनाभाइरस पूर्ण रुपमा समाप्त भइसकेको छ भने केहीमा सामान्य मात्रामा बाँकी छ । यीमध्ये हङकङ र ताइवान चीनसँग जोडिएका देश हुन् भने क्यारेवियन सागरमा रहेको क्युवा अमेरिकाको नजिकै छ । तर, यति जोखिममा हुँदा पनि यी देशले कोरोनाभाइरसलाई हराउन सफल रहे । यी देशले समय छँदै यो भाइरसकाट बच्ने हरेक उपायलाई लागू गरे जुन उपाय लागू गर्न ठूला र शक्तिशाली देश चुकेका कारण आज यसको प्रकोप झेलिरहेका छन् ।
ताइवानले कोरोनाभाइरस संक्रमणको खबर पाउनासाथ चीनको वुहानबाट आउने विमानका सबै यात्रुलाई विमानबाट नओर्लिंदै जाँच गर्न सुरु गरेको थियो । वैज्ञानिकहरुले यसको बारेमा अनुसन्धान गर्दै जाँदा लक्षण नदेखिएका व्यक्तिहरुमा पनि भाइरस हुने र संक्रमण फैलिने खुलासा भयो । यससँगै परीक्षण सबैभन्दा अहम कार्य बन्न पुग्यो । चीनबाट मात्रै १ हजार किलोमिटर टाढा र वुहाज शहरसँग नजिकै रहेको ताइवानले समयमै सम्भावित खतरा बुझिसकेको थियो ।
ताइवानका मानिसहरु दिनहुँ चीन जान्छन् त्यहाँ काम पनि गर्छन् । वुहान–ताइवान दैनिक २ देखि ३ उडान हुन्छन् । ताइवानको सेन्ट्रल इपिडेमिक कमाण्ड सेन्टरले ताइवानको स्वास्थ्य मन्त्रालयसँग मिलेर भाइरस देशमा आउनुभन्दा पहिल्यै रोक लगाउन सुरु गरेको थियो । चीनमा भाइरस फैलिसकेको अवस्थामा ताइवानले बाहिरबाट आउने सबैको स्क्रिनिङ गर्न सुरु गर्यो । मास्कसहितका सुरक्षाका चीजहरु सबै नागरिकलाई उपलब्ध गरायो । ठूलो परिमाणमा मास्क र सेनिटाइजरको उत्पादन सुरु गर्यो । यसका साथै बाहिरबाट आउने सबैलाई २ हप्ताको आइसोलेसन अनिवार्य गरियो ।
ताइवानले यही समयमा आफ्ना सेनालाई अत्यावश्यक वस्तु उत्पादन गर्ने फ्याक्ट्रीमा खटायो । जसका कारण अत्यावश्यक वसतुहरु सहज उपलब्ध हुन थाले । साथमा उसले डिजिटल थर्माकिटर, मास्क र भेन्टिलेटरको निर्यातमा रोक लगायो र ७५ प्रतिशतसम्म सेनिटाइजेशनको उत्पादन गरायो ताकि पछि यसको कमी नहोस् ।
Facebook Comment