व्यास नपाद्वारा एक करोडको कोष
दमौली । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी तनहुँको व्यास नगरपालिकाले राहत कोषमा रु एक करोड बजेट विनियोजन गरेको छ । यसअघि रु २५ लाख विनियोजन गरेको नगरपालिकाले शुक्रबार रु ७५ लाख थप गरेर राहत कोषको रकम रु एक करोड पु¥याएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले राहत तथा औषधि उपचारका लागि कोषमा बजेट वृद्धि गर्ने निर्णय गरेको हो । बैठकले नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ र सवारी चालकहरुको शुरु तलबमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार श्रमिक, कृषि मजदुर, असहाय एवं आश्रमहरुमा आश्रित व्यक्तिहरुलाई खाद्यान्न वितरणका लागि वडागत रुपमा तथ्याङ्क सङ्कलन गरी बैठकमा छलफल गरिएको छ । यसअनुसार १४ वडाबाट तीन हजार ५०० घरपरिवारको विवरण सङ्कलन भएकाले उनीहरुलाई चामल, दाल, तेल र साबुन वितरण गर्ने तयारी गरिएको छ ।
Facebook Comment