एनसेलले २५ प्रतिशत इन्टरनेट शुल्क घटायो
काठमाडौँ । एनसेलले बिहीबार (चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ।
एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० पैसा प्रति एमबीमा झारेको हो । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनससमेत दिँदै आएको छ। जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ। यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ।
कम्पनीका अनुसार पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन्। ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन्।
Facebook Comment