कोरोनाभाइरसः आफैंमा किन खतरनाक छैन?

डिसी नेपाल
२२ चैत २०७६ ११:५८

अहिले कोरोनाभाइरसको महामारीबाट विश्वका लगभग सबै देश (२०५ देश) आक्रान्त छ । विश्व स्वास्थ्य संगठनका अनुसार डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ (SARS-COV-2) भाइरसले आज शनिबार विहानसम्म (अप्रिल ४) मा विश्वका झन्डै ११ लाख मानिसहरु संक्रमित भइसकेका छन् भने ५९ हजारभन्दा ज्यादाको मृत्यु भइसकेको छ ।

चीनमा ३ हजारभन्दा बढीको ज्यान लिएर यो भाइरस चीनबाहिर फैलिँदै दोस्रो आक्रमणको केन्द्र युरोपको इटाली र स्पेन लगायत बिकसित देशहरु बनेको थियो। अबको मुख्य क्षेत्र भने अमेरिका बनेको छ र त्यहाँ सबभन्दा बढी पनि प्रभावित हुन पुगेको छ, जहाँ ७ हजारको हाराहारीमा मृत्यु हुँदासाँढे २ लाखभन्दा बढी संक्रमित भएको तथ्याङ्क आएको छ ।

नेपालमा भने ५ वटा पहिचान भएकोमा एकजना संक्रमणमुक्त भइसकेका छन्। कोरोनाभाइरसको आक्रमण हेर्दा लाग्छ, यो कुनै देश, जात, धर्म आदिको पक्षमा होईन बरु मानव सभ्यताको बिपक्षमा छ।

ईतिहास हेर्दा पनि विश्वमा धेरै पटक भाइरसजन्य प्रकोपहरूले मानव सभ्यतालाई चुनौती दिएको देखिन्छ। ईस्वीको दोस्रो शताब्दीमै (सन् १६५-१८०), शुरु भएकोएन्टेनियो प्लेगको कारण झण्डै ५० लाख रोमन सैनिकहरूले ज्यान गुमाएको विश्वास गरिन्छ। यस पछि जस्टिनियन प्लेग  (सन ५४१-५४२), जापानिज बिफर  (सन् ७३५-७४७),  कालो प्लेग (१३४७-१२५१),  बिफर (१५२०-),  ईटालियन प्लेग  (१६२९-१६३१),  हैजा  (१८१७-१९२३),  पहेलो ज्वरो  (१८९०),  रसियन फ्लु (१८८९-१८९०), स्पेनिस फ्लु  (१९१८-१९२०),  एशिएन फ्लु (१९५७-१९५८),  हङकङ फ्लु  (१९६८-१९७०),  एचआइभी, एडस् (१८८१-)  स्वाइन फ्लु  (२००९-२०१०),  सार्स (२००२-२००३),  ईबोला (२०१४-२०१६),  मर्स (२०१५-),  कोविड-१९ (२०१९-) जस्ता साना ठूला माहामारीहरूले मानिसहरुलाई पटक पटक दुःख दिएको पाइन्छ।

यिनीहरु मध्ये प्लेग, बिफर, स्पेनिस फ्लु, एचआइभिले मात्र ४०० मिलियन (४० करोड) भन्दा बढी मानिसहरुलाई मारिसकेको छ। यस्ता माहामारीहरूमा धेरैभाइरस  (बिषाणु) छन्। हैजा र प्लेग मात्रै जिबाणु (ब्याक्टेरिया) ले गराएको पाइन्छ । पछिल्लो शताब्दीमा बढ्दै गएको महामारीमा भाईरसले आफ्नो प्रकोपजन्य रुप देखाउँदै गएको छ।

के वास्तवमै भाईरस हाम्रो बिज्ञान लागि चुनौति बनेको हो त? के यसको कुनै उपचार छैन त? कसरी भाईरस उत्पति हुन्छ?  प्रश्न उठ्नु स्वभाविकै हो।  यस्ता प्रश्नहरुको उत्तर पाउनको लागि, सबैभन्दा पहिले भाईरस के हो बुझ्नु पर्छ।

के हो भाइरस ?

जीव विज्ञानको हिसाबले भाईरस कुनै जीव होइन । जीवहरुमा जिन्दगीको आयु हुन्छ, भाईरसको आयु हुँदैन। हरेक जीवले खाना खान्छ, अक्सिजन लिन्छ र खाना टुक्र्याएर आएको शक्तिले आफ्नो जिन्दगी जिँउछ र मर्नु भन्दा अगाडि नयाँ सन्तती दिएर जान्छ । तर भाईरसमा यस्तो केही हुँदैन। यसलाई खाना पनि चाहिँदैन, श्वास पनि फेर्नु पर्दैन बरू भाईरस अर्को कुनै जिउँदो जीवमा मात्र जीवित रहन्छ।

नयाँ पुस्ता दिनको लागि उक्त जीवको कोषिका (cell) लाई अपहरण गर्छ, आफैंलाई बृद्धि गर्छ र फेरि अर्को नयाँ कोषको खोजीमा निस्कन्छ। कतिपय भाइरसले भने बाहिर निस्कँदा कोषलाई मार्न पनि सक्छ। कुनैजीव भन्दा बाहिर भाईरस जीवित रहँदैन। हावा, पानी, काठ, प्लाष्टिक, धातु जस्ता माध्यममा केहि समय रहन सक्छ तर निस्क्रय रुपमा मात्रै।

त्यसैले मानिसको छाला, कपाल, नङ आदिमा भाइरसजन्य रोग लाग्दैन। भाइरस बसेको जीवलाई मारिदियो भने भाइरस पनि मर्छ । त्यसैले भाइरसलाई निर्जीव र जीवबीचको वस्तुको रुपमा लिने गरिन्छ ।

कहाँबाट आयो त भाइरस ?

0 Messages

मानिसको उत्पति जसरी भयो, भाइरसको जन्म पनि त्यसरी नै भएको हो । जीवको विकावादी सिद्धान्त अनुसार भाइरस मानिस भन्दा पहिला पनि थियो र पछि पनि आइरहन्छ। धेरै जसो वैज्ञानिकहरुले पृथ्वीमा अरवौं वर्षपहिले जीवनको उत्पत्ति हुँदा एमिनो एसिड, त्यसपछि न्युक्लिक एसिड र प्रोटिन हुँदै एककोषिय जीव बनेको तथ्य प्रमाणित गरेका छन् ।

त्यसमध्ये न्युक्लिक एसिडमा यस्तो खालको गुण बिकसित भयो जसले आफूजस्तै अर्को प्रतिलिपि बनाउन सक्थ्यो। त्यही न्युक्लिक एसिडका अणुहरुले सिक्रीजस्तोमा बाँधिएर आरएनए (RNA = Ribonucleic acid) र डिएनए (DNA = Deoxynucleic acid) जस्ता ठूला बंशाणु गुण बोकेका प्रोटिनहरु बने ।

वैज्ञानिकहरुले त्यही आरएनए र डिएनएका अणुहरु नै जीवन उत्पत्तिको आधार मानेकाछन् । आरएनए र डिएनएका सिक्रीहरुबाट जीवकोषहरु बन्नको लागि पृथ्वीको बद्लिँदै वातावरण सहयोगि हुदै गयो ।

पहिले जीवकोष कुन थियो, यो त थाहा छैन तर अहिलेको व्याक्टेरिया जस्तै थियो भन्ने मानिन्छ । तिनै व्याक्टेरियाहरु बिकसित हुँदै बहुकोषीय सरल जीवहरु आएको हुनुपर्छ । यसरी नयाँ नयाँ जीव आउनको लागि सबैभन्दा ठूला कारकहरूमा प्राकृतिक छनौट र उद्विकासको सिद्धान्तलाई नै मानिन्छ।

विकासवादी बेलायती वैज्ञानिक चाल्र्स डार्विन (सन् १८५९) ले दिएको प्राकृतिक छनौटको सिद्धान्त (natural selection) र नेडरल्यान्डका वैज्ञानिक हुगो डि भ्रिज(सन् १९०१–३) ले प्रतिपादन गरेको उत्परिवर्तनको सिद्धान्त (theory of mutation) अनुसार जीवहरुमा निरन्तर परिवर्तन (mutation)भइरहन्छर त्यो परिवर्तन पुर्खाबाट सन्तानमा सर्दै जाने क्रममा वातावरण र परिवेशसँग अनुकूलित भएका जीवहरुले निरन्तरता पाउने र अनुकूलित नभएकाहरु लोप हुने प्राकृतिक प्रणालीबाट नै थरिथरिका जीवहरु उद्विकसित भएका हुन् ।

दुई फरक किसिमका जीवमा भएका बंशाणुकणहरू मिसिएर, चुडिएर वा हराएर नै नयाँ गुणहरु देखिन्छ, त्यसैलाई उत्परिवर्तन भनिन्छ । कुनै पनि जीवले समयानुसार नयाँनयाँ गुणहरु विकसित गर्दैजाँदा ती गुणहरु उनीहरुको पुस्तामा सर्ने कि नसर्ने भन्नेकुरा प्रकृतिमा भर पर्छ। बाच्न सक्षम मात्र प्राकृतिक छनौटमा पर्छ, भन्ने नै प्राकृतिक छनौटको सिद्धान्त हो।

जब भाइरसको जन्मको कुरा आउछ, त्यसमा पनि यहि नियम लाग्छ। भाइरसमा पनि आरएनए वा डिएनए र अन्य प्रोटिन अणुहरुले मात्र रहेको हुनाले यो पहिलो जीवकोष बन्नुपूर्व नै बनेको हुनुपर्छ। त्यसैले पृथ्वीमा जीवनको सुरुवात हुँनुभन्दा पहिलेको जीवनरहित र जीवन जोड्ने कडी नै भाइरस हो। शुरुमा बनेका भाइरसहरु आज सम्म पृथ्विमा रहेको भने होइन, किनकि कुनै पनि भाइरस जिवित कोषभित्रमात्रै रहन्छ। नयाँ भाइरस आउनुमा मुख्यकारण नै यहाँ भइरहेका जीवहरुको बंशाणुकणहरुमा आउने उत्परिवर्तन नै हो।

के ले बनेको हुन्छ भाईरस ?

भाइरसमा मुख्यतया दुई किसिमको रसायनले बनेको हुन्छः प्रोटिन र बोसो जन्य तैलिय प्रदार्थ (लिपिड)। हरेक भाईरसको बाहिर प्रोटिनको आबरण (capsid) हुन्छ र भित्र प्रोटिनले बनेको बंशाणु (DNA or RNA) हुन्छ। कतिपय भाइरसमा भने प्रोटिनको बाहिर पनि तैलिय प्रदार्थ ले बनेको आबरण (envelope) हुन्छ जस्ले अतिरिक्त सुरक्षा प्रदान गर्छ ।

यसको काम भनेको उसको लागि चाहिने जीव पहिचान गर्नु हो । यसै आवरणमा भएका काँडाजस्ता अङ्गहरुलाई स्पाइक वा क्राउन (ताज) भनिन्छ । यस्ता क्राउन (corona) भएका सम्पूर्ण भाइरसलाई नै कोरोनाभाइरस भनिन्छ।

कोरोनाभाईरस कसरी आयो होला?

नोवल कोरोनाभाइरस (कोभिड-१९) पनि त्यस्ता भाइरसहरु मध्येको एक हो जसलाई सन् २००२ को नोभेम्वरमा चीनको ग्वाङडोङ प्रोभिन्समामा देखापरेको सार्स-कोभ(SARS-CoV) को उत्परिवर्तित रूप मानिन्छ। सार्स-कोभ भाइरस मानवमै बन्यो कि अरु जनावरबाट उत्परिवर्तन भएर आयो, अहिले पनि निर्क्योल गर्न सकिएको छैन तर धेरै वैज्ञानिकहरूयो बिरालुमा विकसित भई मानवमा सरेको हो भनी विश्वास गर्छन्।

यसले स्वासजन्य प्रणालीमा घातक असर परी ज्यान समेत लिने भएकोले सिभिएर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम (Severe Acute Respiratory Syndrome) भनिन्छ। यस्तै लक्षणहरु देखाउने अर्को भाइरस मध्यपूर्वी (Middle East) देशहरुमा सन् २०१२-१३ तिर देखिएपछि मिडल इष्ट रेस्पिरेटोरी सिन्ड्रोम (Middle East Respiratory Syndrome) अर्थात् मर्स–कोभ (MERS-CoV) भनियो। अहिले देखापरेको कोरोनाभाइरस पनि यही समुहमा पर्छ।

नोवल कोरोनाभाइरस सार्स–कोभ वा मर्स–कोभ बाट उत्परिवर्तन (mutation) भई जन्म भएकोमा दुइमत छैन। त्यसैले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो पटक ‘सार्स कोभ–२’ भनी नामाकरण गरेको छ ।
कोरोनाभाइरस वंशाणु पदार्थ (RNA) उत्परिवर्तन (mutation) भएर बनेको हो ।उत्परिवर्तनदुई किसिमले हुन्छन्। पहिलो त आफ्नै जस्ता गुणहरुमा परिवर्तन भएमा वापुनर्संयोजन (Recombination) भएमा बाउआमा भन्दा नयाँ पुस्ता फरक देखिन्छ तर नयाँ जीवको जन्म नहुनसक्छ ।

कोरोनाभाइरस भने दोस्रो किसिमले परिवर्तन भएर बनेको हो। नयाँ कोरोनाभाइरसमादुई फरक किसिमकाआरएनएका टुक्रा (segments) चुँडिएर पुनर्संरचनाभएको देखिन्छ । यसरी परिवर्तन भएर बन्ने पुनर्संरचना सधैं आफ्ना प्रतिलिपिहरु बनाउन सक्षम हुन्छन् भन्ने छैन। लाखौं वा करोडौमा एक वा दूई मात्र बिकसित भाइरसको रुप लिन सक्छ।

यस्तोक्रम कुनै जीवको कोष भित्रमात्र संभव छ किन कि यसको लागि ईन्जाइम तथा न्युक्लियोटाइटहरु चाहिन्छ जुन बहिर पाइदैन ।

के भाइरस बन्न मानिसको दोष छ त?

वंशाणु पदार्थमा अदलबदल भएर जीवहरुमा परिवर्तन देखिन धेरै कुराहरूले असर पार्छ। भाइरस नयाँ बन्ने होइन, भएकै अवस्थामा उत्परिवर्तन भएर बन्ने हो । त्यो परिवर्तन मानिसको नजिकको जनावर जस्तै बिरालु, कुकुर, चमेरो, सुंगुर, सर्प, कुखुरा, परेवा आदिमा हुदै मानिसमा आएको पनि हुन सक्छ ।

तर वनस्पतिका भाइरस भने मानिसमा आउन सक्दैनन् । उत्परिवर्तन प्राकृतिक नियम भएपनि कतिपय तत्वहरुले उत्परिवर्तनलाई बढावादिने गर्छ। मानिसको परिवर्तित खानपिन, अप्राकृतिक आनिबानी, प्रकृतिजन्य प्रदुषण र बढ्दो मांसाहारीपन नै उत्परिवर्तनलाई बढावा दिने कारक तत्व हुन् ।

हाम्रा आधुनिक खानेकुरामा प्राकृतिकपोषण भन्दा कृतिमता र अखाध्य प्रदार्थ मिसाइएको छ । हामी आँखाले राम्रो देखेपछि मात्र खान्छौं। हाम्रा आनिबानीमा ब्यबहारिकता भन्दा औपचारिकता थपिएको छ । हाम्रो घर, टोल, समाज जतासुकै महामारीजन्य बासस्थान बनाएका छौ।शारीरिक मिलजुल, सामुहिक खानपिन, सामाजिक ब्यवहार जस्ता कार्यले महामारी चाडै फैलिन सहयोग पुर्याउँछ। नयाँ शहरीकरण, जनसंख्याको बसाइसराई र सामुहिक बस्तिकरणले यसमा अझै संकट थपिदिन्छ।

भाइरस बिरुद्ध किन औषधि छैन त ?

भाइरस फरक किसिमको रसायन हो जुन कोषिका भित्रमात्र जीवित हुन्छ। कुनै औषधि प्रयोग गर्दा कोषिकालाई असर गर्छ, न कि भाईरसलाई। यसबाट बच्ने उपाय भनेको सर्न नदिने हो, यदि सरिसरेको छ भने, आफ्नै शरिरले निकाल्ने प्रतिरोधी तत्व(antibodies) जस्तै प्रदार्थको सहयोगबाट लड्ने हो।

स्वास्थकर्मीले गर्ने भनेको शरिरलाई सजिलो बनाउन सहयोगी र लक्षणजन्य उपचार मात्र हो, जसले काम गर्ने वा नगर्ने मानिसको उमेर, लिङ्ग, खानपिन जस्ता कुराहरुमा भर पर्छ । त्यसैले भाइरसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको आत्मबल बढाउने खालका खानेकुरा खाने, त्यसै अनुसारको बानीब्यहोरा बनाउने, अरुको नजिक नजाने र अरूलाई पनि नजिक आउन नदिने नै हो।

भाइरस किन आफैमा खतरनाक छैन त ?

माथि भनेको जस्तैभाईरस कुनै औषधि नभएपनि हामीहरू यसबाट डराइहाल्नु पर्दैन । पहिलो त यसले जीवित कोषमा मात्र काम गर्छ । भाइरस सर्नको लागि जीवित ब्यक्ति नै हुनु पर्छ । मृत मानिसबाट जीवित मानिसमा सर्दैन । बिशेषगरी कोरोना भाइरस सर्नको लागि त झन ओसिलो हावा (मुखबाट निस्कने थुकका छिटा), पानीका थोपा, बिरामीले प्रयोग गरेको सामान,जुठो खानेकुराहरु आदिबाट हात मार्फत् नाक, मुख वा आँखा हुुँदै फोक्सोमा पुग्छ।

अहिलेसम्मको रिसर्च हेर्दा कोरोना भाइरस कुनै दोस्रो जीवले मानिसमा सारेको पनि देखिदैन । त्यस बाहेक पनि फोक्सोमा चाहिने जति भाइरस पुगेपछि मात्र संक्रमण शुरु हुन्छ, कोरोना छिर्नासाथ संक्रमण हुन्छ भन्ने होइन र सबै संक्रमितमा पनि मर्नेको संख्या ज्यादै न्यून छ, लगभग ३-४ जना प्रति १०० जनामध्ये।

दोस्रो कुरा, कोरोना भाइरस चिसो मन पराँउछ । अहिले उत्तरी गोलार्धका युरोप र अमेरिकामा ज्यादै प्रभाव देखाउनुको मुख्य कारण पनि त्यहि हो । संक्रमण त सबै देशमा फैलिसकेको छ तर समान दरमा फैलेको छैन। यसका धेरै कारणहरू हुन सक्छन् तर बढ्दाे तापक्रम पनि एक हो, अब आउने दिनमा कोरोना कमजोर हुदै जान्छ भन्नुमा । सामान्यतया मानिसको शरिरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड जति हुन्छ।

कोरोना भाइरस क्रियासिल हुन कम्तिमा २४ डिग्री सेन्टिग्रेड भन्दा कम चाहिन्छ । त्यसैले तातो पानीको प्रयोगले पनि भाइरसबाट बच्न सकिन्छ । साबुन पानीले राम्रोसँग हात धुने, फ्रिजको चिसो नखाने, मानसिक रूपमा तयार हुनको लागि शरीरको प्रतिरक्षा प्रणाली बढाउने खानेकुरा खाएमा कोरोनाबाट मात्रै होइन कुनै पनि रोगबाट बच्न सकिन्छ ।

सबै भाइरस खतरनाक हुन्छन्, लागेपछि मरिहालिन्छ भन्ने शंका र डर रहुन्जेल कसैलाई पनि बचाउन सकिन्न । त्यसैले भाइरसबाट जोगिने कोशिस गरौ, लागेपनि नडराउँ, त्यसपछि पनि हाम्रो जिन्दगी बाँकी छदैछ । त्यसको लागि अहिलेलाई घरभित्रै बसौं ।




प्रतिक्रिया

2 thoughts on “कोरोनाभाइरसः आफैंमा किन खतरनाक छैन?

  1. Really ..it is true sir.i like it.we know that virus can’t transmit from death body to living one.but why the hospital had avoided to recive the death body of corona patient by the family member?

  2. यो कुरा सत्य हो मानिस मरेपछि भाइरस पनि मर्छ, तर मरेको मानिसलाई हस्पिटलहरुले आफन्तलाई छुन नदिने कारण भने अलि फरक छ। मानिस मरेपनि उसले लगाएको कपडा र उसको शरिरमा मरेको केहि घण्टा सम्म भाइरस निस्कृय भएर नयाँ घरको खोजीमा रहन्छ। त्यसैले संभावित संक्रमणलाई ध्यान दिएर यस्तो गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *