भारतमा हुने भनिएको फिफा यू–१७ महिला विश्वकप फुटबल स्थगित

एजेन्सी । भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकप फुटबल स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।
भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ । प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने तय थियो ।
भारतको अहमेदबाद, गुवाहाटी, कलकता, भुवनेश्वर र नाभी मुम्बईमा हुने तय भएको थियो । फिफाले पहिलो पटक यू-१७ विश्वकप विभिन्न पाँच शहरमा आयोजना गर्न दिएको थियो ।
प्रतिक्रिया
Facebook Comment