जापानमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ९ पुग्यो
ज्याक खड़का
टोकियो । राजधानी टोकियोमा आज एकैदिन नयाँ कोरोना भाईरसबाट संक्रमित १ सय ४३ जना भेटिएका छन् ।
महानगरका अनुसार आईतवार थपिएका १४३ जना सहित टोकियोमा मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ३४ पुगेको छ ।
टोकियोमा भेटिएका कोरोना संक्रमितको यो संख्या आजसम्मकै धेरै हो । यसअघी हिजो ११८ जना संक्रमित भेटिएका थिए ।
१४३ संक्रमित अपरान्ह साँझ ५ बजे सम्मको तथ्यांक रहेको जनाउदै महानगरले यो संख्या केही थपिनसक्ने जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment