पूर्व रथी चन्द भन्छन्–स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सेनालाई दिनु सकारात्मक
काठमाडौं। नेपाली सेनाका अवकाशप्राप्त रथी नेपाल भुषण चन्दले सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिनु सकारात्मक भएको बताएका छन्।
राष्ट्र अहिले अप्ठेरो परिस्थितिमा रहेको र यस्तो बेलामा सरकारका कोही काममा अवरोध भएका कारण सबैभन्दा चोखो संस्था नेपाली सेनालाई स्वास्थ्य सामाग्री किन्न दिने निर्णय उचित भएको पूर्व रथी चन्दको भनाइ छ।
‘मैले भन्दा त राष्ट्र अहिले अप्ठेरो परिस्थितिमा छ। कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ,’ नेपाली सेनाका अवकाशप्राप्त रथी चन्दले डिसी नेपालसँग भने, ‘कोरोना संक्रमणको औषधि छैन। यस विषयमा सरकारले गरेका कतिपय काममा अवरोध भयो। त्यसो हुनाले सबैभन्दा चोखो संस्थापको हिसावले नेपाली सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिनु उचित हो।’
राष्ट्र अहिले अप्ठेरो परिस्थितिमा रहेको र यस्तो बेलामा सरकारका कोही काममा अवरोध भएका कारण सबैभन्दा चोखो संस्था नेपाली सेनालाई स्वास्थ्य सामाग्री किन्न दिने निर्णय उचित : पूर्व रथी चन्द
अप्ठेरो परिस्थितिमा सेना काम लाग्ने भन्दै पूर्व रथी चन्दले भने, ‘ सेनामा सबै कुरा पारदर्शी हुन्छ। यस्तो बेलामा छिटो काम पनि चाहिएाके छ। सेना अनुशासित र अलर्ट भएर बस्छ। सेना फिजिकल्ली, मेन्टल्ली र मोरल्ली फिट हुन्छ। फेरि दिएको जिम्मेवारी पूरा गरेपछि ब्यारेक फर्किने हो।’
उनले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सामाग्री सरकारले ल्याउँदा विवाद भएका कारण सफा र पारदर्शी हुने निकायलाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिएको भनेर स्पष्ट पारेकाले यसमा धेरै विवाद गर्नु उचित नहुने बताए।
पूर्व रथी चन्दले नेपाली सेनाले स्वास्थ्य सामाग्री ल्याएपनि आर्थिक लेनदेनको कारोवार नगर्ने भएकाले विवादको औचित्य नभएको बताए।
चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनालाई स्वास्थ्य सामाग्री ल्याउन दिने सरकारको निर्णयपछि पक्ष र विपक्षमा तीव्र प्रतिक्रिया उत्पन्न भएका छन्।
Facebook Comment