रक्तदान गर्दा कोरोनाभाइरस संक्रमणको जोखिम हुन्छ?
यून्योर्क। कोरोनाभाइरसका त्रासकाबीच रक्तदान गर्नुुहुन्छ कि हुँदैन? यस्तो समयमा रक्तदान गर्दा संक्रमणको खतरा हुन्छ कि हुँदैन भन्ने प्रश्न रक्तदातहरुको मनमा उत्पन्न भएको छ।
अमेरिकी रेडक्रस सोसाइटीका प्रमुख मेडिकल अफिसर डा. प्यांपी यङ भन्छन्, ‘अहिले परिस्थिति निकै भिन्न छ। हामी अस्पतालमा कहाँ रगत छ, कहाँ छैन भनेर बुझ्ने कोशिश गरिरहेका छौं। भलै कोरोनाभाइरसका विरामीको उपचारमा रगतको प्रयोग गरिएको छैन। तर ट्रमा, आर्गन, ट्रान्सप्लान्ट र आपतकालीन उपचारमा रगतको आवश्यकता पर्छ। यस्ता समस्या झेलिरहेका मानिसलाई लकडाउनकाबीच पनि रगतको आवश्यकता हुन्छ। यस्तो अवस्थामा निरन्तर रगत उपलब्ध गराउनु चुनौतीपूर्ण हुन्छ।’
के रक्तदान गर्दा कोरोना संक्रमण हुनसक्छ?
मिन्नेसोटा युनिभर्सिटीका ब्लड बैंक ल्याबका निर्देशक डा. क्लाडिया कोह्नका अनुसार यो भाइरस रगतमार्फत फैलिँदैन, त्यसकारण रगत सुरक्षित हुन्छ। कोरोना भाइरस रक्तदान गर्दा फैलिँदैन यसको पुष्टि सार्स र मेर्सको महामारीका क्रममा पुष्टि भएको थियो।
अमेरिकी रेडक्रस सोसाइटीका प्रमुख मेडिकल अफिसर डा प्याम्पी यङ भन्छन्–रक्तदाता धेरै डराएका छन्। तर म रक्तदातालाई के कुरा विश्वस्त पार्न चाहन्छु भने रक्तदान प्रक्रियाका क्रममा पूर्ण सावधानी अपनाइएको छ। कयौं ब्लड बैंकमा तापक्रम जाँच गर्ने सुविधा पनि छ।’
Facebook Comment