अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव, कुन देशमा कस्तो छ ? (२०८ देशको तालिका)

डिसी नेपाल
२४ चैत २०७६ ७:५६

काठमाडौँ । विश्वका २०८ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ६९ हजार बढीको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७२ हजार ९ सय ५३ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । जसमध्ये ६९ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमित मध्ये २ लाख ६२ हजार ३ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

चीनपछि महामारीको जस्तै रुप लिएको इटली, सपेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमण र ज्यान गुमाउनेको संख्या घटेको छ ।

अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ ।

२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या पनि घटेको छ। २४ घण्टामा विश्वभर ७१ हजार ४ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । अघिल्लो दिन ८४ हजार ८ सय जना नयाँ संक्रमित थपिएका थिए । र, ५ हजार ८ सय १ जनाले ज्यान गुमाएका थिए ।

यस्तो छ २०८ देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *