जर्मनीका एक मेयरले जानी जानी आफैंलाई कोरोनाभाइरसको संक्रमण सारेपछि…

डिसी नेपाल
२४ चैत २०७६ ११:३१

काठमाडौं। पछिल्लो समय मानिसहरु कोरोनाभाइरसको संक्रमणबाट बच्न आफूले सकेजति प्रयास गरिरहेका छन् । तर, जर्मनीका एक मेयरले भने जानीजानी आफैंलाई कोरोनाभाइरसबाट संक्रमित गरेको खुलासा गरेका छन् । उनले आफूभित्र रोग प्रतिरोधी क्षमता विकास गराउन भन्दै आफैंलाई संक्रमित गराएको भएपनि यो काम आफ्नो लागि निकै कठिन सावित भएको बताएका छन् ।

यसरी आफैंलाई संक्रमित गराउने मेयर हुन् राजधानी बर्लिनको मिट्टे क्षेत्रका मेयर स्टिफन भान डसेल । उनले गत बुधबार एक अन्तरवार्ताको क्रममा यसको खुलासा गरेको जर्मन मिडिया डशे वेलेले लेखेको छ । उनले ट्वीटरमार्फत पनि आफूले यतो घातक प्रयास गरेको खुलासा गरेका छन् । ‘म आफूले सोचेभन्दा धेरै बिरामी भएँ । मैले आफूभित्र रोग प्रतिरोधी क्षमता विकास गराउन संक्रमण गराएको थिएँ’ उनले भने ‘मलाई लागेको थियो म ३ दिनसम्म बिराकी हुन्छु त्यसपछि रोगलाई प्रतिरोधी क्षमता विकास गरेर जित्छु अनि त्यसपछिका दिनमा संक्रमित हुने छैन र अरुलाई पनि सार्ने छैन । तर स्थिति मैले सोचेको भन्दा निकै डरलाग्दो भयो ।’

मेयरका अनुसार पहिले उनकी श्रीमती संक्रमित भएकी थिइन् । श्रीमती संक्रमित भएसँगै उनलाई संक्रमण सर्ने खतरा बढेको थियो तर कहिले सर्छ भनेर डराउँदै पर्खनु उनलाई उचित लागेन । बरु आफूलाई पनि संक्रमित गराउने र शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरेर भाइरसलाई जित्ने सोचका साथ उनी जानीजानी श्रीमतीसँग नजिकिए र आफूलाई संक्रमित गराए । यद्यपि अहिले भने यी मेयर निको भएका छन् । श्रीमती र आफू दुवै ठिक भएको भन्दै उनले आफू पहिलेभन्दा बढी जिम्मेवार पनि भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *