मन्त्रिपरिषद बैठक बस्दै : थपिएला लकडाउन ?

डिसी नेपाल
२४ चैत २०७६ १२:१५

काठमाडौं। लकडाउनलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ। सोमबार दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंगलबार (भोलि) सकिने लकडाउनलगायतका विषयमा छलफल हुने बताइएको छ।

नेपालमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सरकारले कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समितिको बैठकले लडकाउन थप कडा बनाउने निर्णय गरेको थियो।

विशेष गरी सुदूरपरिश्चमा कोरोनासंक्रमणको उच्च जोखिम देखिएको छ। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि बढाउन संघीय सरकारलाई आग्रह गरेको थियो।

मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो। ‘लकडाउन थप गर्ने नगर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल हुन्छ,’ एक मन्त्रीले भने। स्रोतका अनुसार सरकारले थप एक हप्ता लकडाउनको अवधि बढाउने तयारी गरेको छ।




प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद बैठक बस्दै : थपिएला लकडाउन ?

  1. सुदुर पक्षिम र प्रदेश नम्बर २ लाइ पुरै लक् डाउन गर्नुपर्छ साथै बाग्लुंग र रुपन्देही जिल्लाहरुलाई पनि लक् डाउन गर्नुपर्छ अनि मात्र पुरै नेपाल सुरक्षित हुनेछ अन्यथा नेपाली जनताको भविष्य बर्बाद नै होला जस्तो छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *