कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी

डिसी नेपाल
२४ चैत २०७६ १५:२७

काठमाडौं। नेपाली सेनाले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका तीन देशबाट सामाग्री खरिद गर्ने जनाएको छ। नेपाली नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो।

सरकार/सरकार (जीटुजी) सम्बन्ध कायम गरेर खरिद गर्ने स्वास्थ्य उपकरणसहित औषधिलगायतका सामाग्रीका लागि तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको हो। ‘हामीले सिंगापुर, चीन र दक्षिण कोरियासँग आवश्यक सामाग्रीका लागि प्रस्ताव गर्ने तयारी गरेका छौं आज भोलि नै राजदूतावासमार्फत पत्रचार गर्नेछौं’, सेना स्रोतले भन्यो।

सरकारले स्वास्थ्य मन्त्रालय मार्फतले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री महंगो भएको तथा अपुरो रहेको भन्दै विवाद भएपछि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र नेपालमा उपलब्ध नभएका सामग्री मात्रै विदेशबाट खरिद गर्ने भएको छ।

कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरुको सूची स्वास्थ्य मन्त्रालयले सेनालाई दिइसकेको छ। सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र नेपालमा उपलब्ध नभएका सामग्री मात्रै विदेशबाट खरिद गर्ने भएको छ।

सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आवश्यक परामर्श गर्ने भएको छ। आइतबार मात्रै नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने जनाएका थिए।

शुरुमा सेनाले मात्रै खरिद गर्न सरकारले पत्रचार गरेको थियो। त्यसको सार्वजनिक रुपमै टिका टिप्पणी भए पछि सरकारले स्वास्थ्य मन्त्रालयलाई समेत सहभागी गराएको थियो।

कोरोना संकट व्यवस्थापन टोली (क्राइसिस म्यानेजमेण्ट टिम)मा रहेका नेपाली सेनाका अधिकारी स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सहितले विशेषज्ञहरुले स्वास्थ्य उपकरण र औषधिहरुको सूची तयार गरेपछि खरिद प्रकृया अघि बढ्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *