नेपाल राष्ट्र बैंककाे गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हो।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम आगामी गभर्नरको लागि सिफारिस गरेको थियाे।
तीन जना मध्येबाट सरकारले पूर्व डेपुटी गभर्नरसमेत रहेका अधिकारीलाइ गभर्नरमा नियुक्त गरेकाे हाे। कोरोनाको संक्रमणका कारण देशभर लकडाउन भएको र हाल बजेटरगी समस्या भन्दा पनि मौद्रिक समस्या बढी भएकोले गभर्नरको टट्कारो आवश्यकता महसुस भएपछि सरकारले नयाँ गभर्नर नियुक्त गरेकाे हाे।
त्यस्तै लगानी बोर्डका सिइओ समेत रहेका महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भइसकेका थिए। उनी निवर्तमान गभर्नर डा चिरन्जीवी नेपालसँगै गभर्नरका लागि डा रामशरण महत अर्थमन्त्री हुँदा सिफारिसमा परेका थिए।
नेपाल राष्ट्र बैंकमा गभर्नर हुँदा डा युवराज खतिवडालाई सफल बनाउन अधिकारीको मुख्य भूमिका रहेको डा खतिवडाले नै भन्दै आएका छन्।
Facebook Comment