न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान जक एडवर्ड्सको निधन

काठमाडौं । न्युजिल्यान्डका ६४ बर्षिय बिग हिटर विकेटकिपर तथा ब्याट्सम्यान जक एडवर्ड्सको निधन भएको छ । न्युजिल्यान्डका लागि छ टेस्ट र आठ एकदिवसीय खेल खेलेका उनको प्रान्तीय टोली केन्द्रीय जिल्ला प्रान्तले सोमबार उनको निधनको पुष्टि गरेको हो । जक एडवर्ड्सको निधनको कारण भने थाहा नभएको जनाईएको छ ।
एडवर्ड्सले सन १९७४ देखि १९८५ सम्म प्रान्त टोलीबाट ६७ प्रथम श्रेणीका खेलहरू खेलेका थिए। एडवर्ड्स ठुलोसट प्रहार गर्ने खेलाडीको रुपमा प्रसिद्ध थिए, उनको ब्याटिङ शैली टी २० सँग मिल्दोजुल्दो थियो, तर उनको समयमा टि २० क्रिकेट थिएन। टेस्ट क्रिकेटमा एडवर्ड्सको सर्वश्रेष्ठ क्षण १९७८ मा अकल्यान्डमा थियो जाहा उनले इङल्यान्ड बिरूद्ध दुवै पारीमा अर्धशतक बनाएका थिए ।
प्रतिक्रिया
Facebook Comment