फ्रान्स, इटली र स्पेनमा फेरि बढ्यो संक्रमण, एकैदिन ५२२८ को मृत्यु (२०९ देशको तालिका)

डिसी नेपाल
२५ चैत २०७६ ७:१८

काठमाडौँ । केही समयदेखि कोरोनाको महामारीमा परेका देशहरु फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढेको छ । पछिल्ला तीनदिनदेखि लगातार घटेको संक्रमण पछिल्लो २४ घण्टामा पुन बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ८३३, इटलीमा ६३६, स्पेनमा ७०० जनाको ज्यान गएको छ । यसअघि फ्रान्समा ५१८, इटलीमा ५२५ र स्पेनमा ६९४ जनाको ज्यान गएको थियो ।

यस्तै, पछिल्लो अपडेट अनुसार २४ घण्टामा अमेरिकामा १२५५, जर्मनी २२६, यूके ४३९, इरान १३६, बेल्जियम १८५ र नेदरल्याण्डमा १०१ जनाको ज्यान गएको छ । अन्यदेशको विवरण तलको तालिकामा उल्लेख छ ।

२४ घण्टामा विश्वभर ५ हजार २ सय २८ जना संक्रमितको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५४ पुगेको छ।

विश्वभर सोमबार मात्रै ७३ हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १३ लाख ४६ हजार ३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संक्रमित मध्ये २ लाख ७८ हजार ४ सय ४५ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ४७ हजार ५ सय १३ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यस्तो छ २०९ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *