प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आज फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले हालसम्म गरेको तयारी र बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर जानकारी दिने भएका हुन्।
प्रधानमन्त्री ओलीले आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।
प्रतिक्रिया
Facebook Comment