कोरोनाको औषधिको परीक्षण सुरु, संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिइँदै

डिसी नेपाल
२५ चैत २०७६ १६:२९

काठमाडौं। इबोला भाइरसको नियन्त्रणमा प्रयोग गरिएको औषधिलाई अब कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुमा परीक्षण गर्न सुरु गरिएको छ । यो औषधिको नाम ‘रेमडेसीभिर’हो जसलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो । कम्पनीले परीक्षणको क्रममा संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिने जनाएको छ । कम्पनीको परीक्षणमा ठूलो संख्यामा संक्रमितहरुलाई सहभागी गराइने अपेक्षा गरिएको छ ।

डेलिमेलको समाचार अनुसार मूल रुपमा यो औषधिलाई इबोला भाइरससँग लड्नको लागि बनाइएको थियो । यद्यपि यो औषधिले कोरोनाभाइरस जुन प्रोटिनबाट फैलिन्छ त्यो प्रोटिनलाई पनि रोक्ने क्षमता राख्छ । कम्पनीले १५ लाख डोज निःशुल्क दिने भनेको छ जसले १ लाख ४० हजार ‘ट्रिटमेन्ट कोर्स’ पूरा हुन्छ अर्थात परीक्षण सफल भएको खण्डमा यति डोजले १ लाख ४० हजार बिरामीको पूर्ण उपचार हुन्छ र उनीहरु पूर्ण स्वस्थ हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *