प्रधानमन्त्रीबाट सरकारी कदमबारे बैठकमा जानकारी

डिसी नेपाल
२५ चैत २०७६ १८:०३

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ब्रिफिङ गराएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा नेताहरुको सामाजिक दूरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।

बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिका बारे छलफल र निर्णय हुने जनाइएको छ । बैठकमाम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेता सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *