कपिलवस्तु अस्पतालको आइसोलेशनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२५ चैत २०७६ २०:४७

कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जाडेले बताए। बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए । रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *