फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै आएका तेह्र जनामा भाइरस फेला परेन
काठमाडौँ। कोरोना भाईरस (कोविड १९) को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ।
फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताएका छन् ।
परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाबाट आठ, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार र बेलका नगरपालिकाबाट एकजनाको स्वाब सङ्कलन गरी पठाइएकामा ती सबैको नतिजा यस्तो आएको हो । हालसम्म उदयपुर जिल्लामा संक्रमण देखानपरेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताएका छन् । गोरखापत्र दैनिकबाट
प्रतिक्रिया
Facebook Comment