के यो भाइरस चीनको षड्यन्त्र हो ?
आज विश्वका सम्पूर्ण मानवजाति मृत्युको मुखमा पुग्नसक्ने अत्यन्तै खतरापूर्ण अवस्थामा समेत ठूला शक्तिशाली राष्ट्रहरु राजनैतिक वाद, आर्थिक उत्कर्ष, धार्मिक उदण्डता र सत्तासीन नेतृत्वको दम्भका कारण एक अर्कालाई आरोप प्रत्यारोप गर्न पुगेको छन् ।
चीनको हुवेई प्रान्तको वुहान शहरको युनियन अस्पतालमा सन् २०१९ नेभेम्बर १७ का दिन ५५ वर्षीय विरामी जँचाउन आएको र उनलाई संक्रमण भएको भाइरस के हो भनी पत्ता लगाउन नसकिएको अवस्थामा चीनले यसबारे अरुलाई सर्तक गराउन तुक नदेखेको भन्ने एकथरीको भनाइ सामाजिक सञ्जालमा भेटिन्छ भने अर्काथरी भन्छन्, डिसेम्बर २० मा ६० जना संक्रमित भइसकेका थिए ।
जे भएपनि चार महिना नबित्दै आजसम्ममा यो रोगबाट मर्नेको संख्या संसारभर ८२ हजार भइसकेको छ । र, अमेरिका र युरोपलगायत संसारका अन्य भागमा यो फैलदो क्रममा छ ।
अन्तर्राष्ट्रिय जगतमा फैलन सक्ने महामारी रोगको नामाकरण विश्व स्वास्थ्य संगठनले गर्ने प्रचलनअनुसार यो भाइरसको नाम ११ फेब्रुवरी २०२० मा इाइरेक्टर जनरलले कोरोना भाइरस वा (कोभिड १९) राखिएको जानकारी गराएका थिए । यसको नामाकरण साथै यो द्रुत गतिमा फैलन थाल्यो ।
चीनले हतारमै १० दिनमा यसैको उपचारका लागि अस्पताल बनाएको समाचार आयो । केही अनुसन्धानकर्ताको भनाइ पत्याउनुपर्दा वुहान शहरका जीवित जनावरका मासु पसलबाट यो भाइरस सृष्टि भएको देखिन्छ ।
नाम किटेका जनावारमा चमेरो र पोगोलिन कमिला खाने घस्रने जनावर छन् । चीनमा प्राय यी जनावार खाने चलन छ र ती काँचै पनि खान्छन् । यो महामारीपछि युहानमा कुकुर र बिरालो खान प्रतिबन्ध लागेको छ ।
चीनमा संक्रमित व्यक्तिहरु भकाभक मेरेका र तिनका लेखाजोखा नभएको अवस्थालाई चीनले लुकाएर मानौँ उनीहरुले नियन्त्रण गरिसके भन्ने भान दिँदै सबैभन्दा प्रभावित भएका युरोपियन देशलाई सहयोगको हात फैलाउँदै गर्दा अमेरिकामा पनि संक्रमण शुरु भयो ।
अमेरिकी राष्ट्रपतिले ठट्टामा ‘चिनियाँ भाइरस’ भन्न थालेपछि चीनको जवाफी प्रतिकृया शुरु भयो । विदेश मन्त्रालयका प्रवक्ता लिनगेन माउले मार्च १२ मा बोलेको सिसीटिभी रेकर्ड भएको रहेछ ‘अमेरिकी सेनाले वुहान शहरमा महामारी फैलाएको हुनसक्छ’ ।
अमेरिकी राष्ट्रपतिले ठट्टामा ‘चिनियाँ भाइरस’ भन्न थालेपछि चीनको जवाफी प्रतिकृया शुरु भयो । विदेश मन्त्रालयका प्रवक्ता लिनगेन माउले मार्च १२ मा बोलेको सिसीटिभी रेकर्ड भएको रहेछ ‘अमेरिकी सेनाले वुहान शहरमा महामारी फैलाएको हुनसक्छ’ ।
उनले अमेरिकी राष्ट्रपतिलाई ओठे जवाफ दिएका हुन् वा अन्य शंकाका सवाल छन् भने केलाउँदा भेटिन्छ। अक्टोवरको अन्तमा युहान शहरमा करिब सय देशका सैनिकहरुले विश्व सैनिक खेलमा भाग लिनेमा अमेरिकी सेना पनि सामेल थिए। तर, त्यसको अर्थ उनीहरु यस्तो महामारी फैलाउने किटाणु छर्न पक्कै पनि चीन गएका थिएनन् होला ।
तापनि मिति तिथि मिलाउँदा दुई तीन हप्ताको अन्तरमा खेल र पहिलो चिनियाँ संक्रमित व्यक्ति पहिचान भएको देखिन्छ । प्रश्न छ, यदि चीनलाई अमेरिकामाथि शंका थियो भने विश्व स्वास्थ्य संगठनलाई किन तीन महिनापछि मात्र सूचना गरेको होला ? एकथरिको भनाइ छ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल चीन समर्थक हुनाले यो रोगका बारेमा गुपचुप राखी ढिलो गरेर सूचना प्रवाह गरे ।
अथवा यो भाइरसले यस्तो गम्भीर महामारी होला भन्ने आँकलन गर्न सकेनन् । अर्काथरीको शंका छ, चीनले यो महामारी हो भन्ने थाहा पाएरै पनि चीनबाट अन्य देशमा खासगरी यूरोपका उडानहरु रद्द गरेन । बरु बढिसे बढी पठायो । त्यसको खोजी भविष्यमा होला ।
तर, इटलीमा सबैभन्दा धेरै मानिस संक्रमित भै मृत्यु हुनुमा एउटा सानो शंका चाहिं मेरै मनमा पनि उब्जन्छ । त्यो हो, केही महिनाअगाडि चीनले भकाभक चर्चहरु भत्काएर चिनियाँ क्रिश्चियनलाई कारवाही गरेको समाचार बाहिर आउँदा क्रिश्चियनका धर्मगुरु पोपलाई आरोप लागेको थियो ।
नेपालमा त सरकारमा रहेका उच्च पदीय व्यक्तिलाई नै दक्षिण कोरियन क्रिश्चियनले रक्सी खुवाएर ल्याएको र तीब्र गतिमा चर्चहरु निर्माण भएका खबर छ्यापछ्याप्ती छन् ।
यस्ता घटनाक्रमले गर्दा चीन नेपाली नेतासँग रुष्ट भइ अत्यन्तै अविश्वासको भूमरीमा सरकार पुगेको थियो । तर पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरे । त्यसको परिणाम ननिस्कँदै अमेरिकी इन्डोप्यासिफिक सम्झौता संसद्को स्वीकृतिविना गर्न खोज्दा सफल भएन ।
कम्युनिष्ट वादका तीनै नाममा माक्र्स, लेनिन, माओको संयुक्त विशेषण पहिरिएको सरकार भएपनि अमेरिकाको नीति बोकी हिँड्ने भनी चीनले विश्वास गर्न छाड्यो । अनुत्तरित प्रश्न हाललाई के भने चीनले धर्म गुरुलाई चुनौती दिन इटली नै पहिलो सिकार रोजेको हो कि, नियतिले यो शंका उब्जिएको हो ।
अर्को अनुत्तरित प्रश्न खेल खेलमै झेल भएको हो कि नियतबस चीनले गरेको हो ? चीनले भनेझैँ मानौँ अमेरिकी सेनाले वुहानमा खसायो, चिनियाँ डाक्टरले ज्यानमारा भाइरस थाहा पायो अनि चिनियाँ अधिकारीले गोला बारुदको सट्टा नदेखिने अस्त्र पश्चिमा जगतमा फाल्दा बाटामा अन्य देशमा पनि फैलिन पुग्यो ।
यो फैलिन थालेपछि सायद संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद्मा पनि सूचित भएन । उल्टो संसारको राजधानी बनेको न्यूयोर्कमा अहिले सबैभन्दा बढी प्रकोप रहेको छ । मार्चको पहिलो हप्तामा हुने अन्तराष्ट्रिय महिला भेलादेखि लिएर अन्य सबै सभा सम्मेलन रद्ध भएका छन् ।
चीन नेपाली नेतासँग रुष्ट भइ अत्यन्तै अविश्वासको भूमरीमा सरकार पुगेको थियो । तर पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरे । त्यसको परिणाम ननिस्कँदै अमेरिकी इन्डोप्यासिफिक सम्झौता संसद्को स्वीकृतिविना गर्न खोज्दा सफल भएन ।
तापनि कोरोना न्यूयोर्कमै व्यापकरुपमा फैलिनुका कारण पनि अनुसन्धानमै होलान् । ती चिनियाँ डाक्टर किन पक्राउ परे र कसरी मरे ? यो भाइरस मानव उत्पादित भए जसले उत्पादन गरेका भएपनि सजाय पाउलान्, नपाउलान् भन्न सकिँदैन । तापनि हाललाई प्रत्येक व्यक्तिले सकेसम्म आफू बँच्ने बाटो रोज्नुबाहेक अन्य उपाय केही देखिँदैन ।
यस्ता ज्यानमारा भाइरस महामारीका रुपमा फैलिएको इतिहास खोज्दा हरेक सय वर्षमा विश्वलाई तहन नहस पारी ज्यान लिएको देखिन्छ । सन् १७२० मा प्लेग महामारीले सवा करोड मानिसको ज्यान गएको थियो अरे ।
सन् १८२० को कुसेरा झाडावान्ताले एक लाख र १९२० को स्वाइन फ्लूले ५ करोड मरे रे । अब २०२० को शुरु नहुँदै शुरु हुन थालेको खतरनाकजस्तो बुझिएको कोरोना भाइरसले कतिको ज्यान लिने हो ।
त्यसो त वीचवीचमा अन्य ज्यानमारा भाइरस एक देशबाट अर्को देशमा फैलेको देखिन्छ । विश्व व्यापीकरणको दौरानमा मान्छेबाट मान्छेमा सर्ने रोग जता पनि सर्दो रहेछ नै ।
ठूलो, धनी देशको हतियार निर्माणको प्रतिस्पर्धा र नेतृत्वको दम्भका मारमा उनीहरुका राजनैतिक वादका बीच अब भयवादतिर हामी धकेलिएको अवस्थामा कोरोना १९ ले खतराको घण्टी हाम्रा कानैमा बजाएपछि संसारका बहुसंख्यक मानवजाति न राजनैतिकवादको वास्ता राख्दछन् न मानवको रंग, जात, धर्म, लिङ्ग, जातियता, भूगोलआदि इत्यादिका आधारमा विभाजित हुन तयार छन् ।
पाखण्डी सत्ताधारी नेताहरुले आ आफ्नो देशभित्रका जनतालाई चांिह विभन्नि तरिकाले विभाजित गर्दै आएका थिए र यो विभाजन अझै जारी छ । विभाजन गर्ने स्वार्थी नेतृत्वलाई परास्तगरी यो महामारीका कारण संसारभरिका मनुष्य जाति एकताको सुत्रमा बाँधिने सम्भावना बढेको छ ।
प्रजातन्त्रको त्यान्द्रोमा झुण्डिएका स साना देशहरु ’बढाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत’ भन्ने अवस्थामा प्रश्न चिन्ह लगाउन थालेको अवस्था छ । प्रकृति देखिको अथाह आर्शिवाद प्राप्त अमेरिकाका वैज्ञानिक अत्यन्तै अब्बल दर्जाका छन् । टेक्नोलोजी जोड छ ।
तापनि मुख छोप्ने माक्स र एकपल्ट प्रयोग हुने रबरको पन्जा उत्पाादन दोस्रो विश्व चीनसँग निर्भर हुनुपरेको अवस्थामा रहेको देखिन्छ ।
अमेरिकी राष्ट्रपतिको लापरवाहीपूर्ण प्रतिकृयाले धर्मविद्हरु जिससको नामले चिनियाँ भाइरस भगाउँ नै भनेर चर्चहरुका कार्यक्रम सञ्चालन गरेका मात्र नभएर राष्ट्रपतिले धर्म र अर्थलाई प्रथामिकता दिँदै बोल्दा क्रमि रुपमा ज्यान गुमाउनेले गुमाएपनि उनका परिवार र अन्य बाँच्नेले कोरोनाको राजनीतिकरण बुझ्न थालेको देखिन्छ । अझै अमेरिकाका आठवटा राज्यले लकडाउन गरेका छन् ।
विश्वव्यापी रुपमा चीनको आर्थिक, सैन्य र भूराजनीतिक प्रभावदेखि अमेरिका सशंकित र सर्तक हुनु स्वभाविक हो । तर अमेरिका बाइबल र बन्दकले प्रभाव पर्ने राजनीतिमा जुटेका बेला चीनले अत्यावश्यक सामग्री पठाएर सहयोगी हात फैलाएको अवस्थामा तेस्रो विश्वका जनता चीनको प्रभावक्षेत्रमा पर्नु स्वभाविकै हो ।
त्यसमा पनि कोरोना भाइरसको महामारी रोकथाम गर्न चीनले नै पहिलो विश्वका यूरोपियन देशहरु इटलीलगायत र तेस्रो विश्वका नेपाल लगायतलाई सहयोगको हात फैलाएको छ ।
त्यसो त अमेरिकी धनाढ्य दानबीर दम्पत्ति विल गेट्स र मेलिन्डा गेट्सले विगतका महामारको अध्ययनबाट देखिएको नतिजाका आधारमा सन् २०२० मा सम्भावित महामारी विस्फोट हुनु अगावै त्यस्तो अवस्थाको सामना गर्न तयारी रहने तरिका र अनुसन्धानका लागि तीन वर्षअगाडि नै कोष स्थापना गरिसकेका रहेछन् ।
त्यसको लगत्तैपछि सन् २०१७ कै फेब्रुवरीमा विल गेट्सले म्युनिक सुरक्षा सम्मेलनमा जैविक आतंकको सम्भावित खतराबारे औँल्याएका पनि रहेछन् ।
त्यतिमात्र नभएर २०१९ को अर्को सभामा जन हकिन्सको स्वास्थ्य सुरक्षा विभागले विल मेलिन्डा फाउन्डेशन र विश्व आर्थिक फोरमसँग मिलेर गरेको सम्मेलनमा त्यस्तो महामारी फैलिने अवस्था परेममा त्यसले पनि आर्थिक र सामाजिक क्षति न्युनिकरण गर्नेबारे समेत छलफल भएको रहेछ ।
केही दिनअगाडि विल गेट्सको अन्तर्वार्ता सीएनएनमा सुनेर म चकित भएँ । यस्ता दुरदर्शी दिग्गज तन मन र धनका सालीन व्यक्ति राष्ट्र प्रमुख हुने हो भने अमेरिकाले मात्र होइन अमेरिकी खेमामा विभाजित संसारका ससाना राष्ट्रहरुको पनि आ आफ्नैपक्षमा विकास हुन सक्थ्यो होला ।
ठूला राष्ट्रले आपसी प्रत्यारोपबाट माथि उठेर साना साना राष्ट्रका विविधतालाई स्विकारी तिनलाई आफ्नो प्रभावक्षेत्रमा पार्न सकेमात्र विश्वासको वातावरण सृजना हुन्छ योमात्र विश्व शान्तिको उपाय हो ।
नत्र साँढेको जुधाइमा बाच्छाको मिचाइ भइरहन्छ । कोरोनाबाट मानव क्षति रोक्न अमेरिका, चीन एक भएर अघि बढ्नै पर्छ । प्रजातन्त्रको फाइदा उठाएर अमेरिकी जनताले सही नेतृत्व पहिचान गरी सात्तामा ल्याउनु श्रेयकर छ । चीनले लागू गरेका नियम कानुनका कारण चीनमा यो महामारीको क्रमिक रोकथाम सम्भव भएको हो ।
सबभन्दा कम संक्रमित देशमध्ये सिङ्गापुरका प्रधानमन्त्री ली सुङलुङले मार्च २९ मा दिएको अन्तरवार्तामा भनेका छन्, चीन र अमेरिकाको एक अर्कालाई भनाभनले समस्या चाँडै सुल्झन मद्दत गर्दैन ।
यदि अमेरिका आफ्नो अथाह स्रोत साधन विज्ञता प्रयोगरी यो मानव जातिकै लागि गम्भीर र चुनौती बनेको महामारीलाई जित्न विश्वलाई नेतृत्व दिन सफल नभए यो अमेरिकाकै लागि पनि ठुलो दुर्भाग्य हुनेछ ।
अरु देशका नेता अमेरिकाको नेतृत्वतिर आशापूर्ण ध्यान दिएका बेला ट्रम्प प्रशासन आलोचनामै व्यस्त रहे ती वाशिङ्टनका रणनीतिक सहकर्मी देशहरु जसले हमदर्दी देखाउँछन् त्यही देशति फर्कने छन् र यतिबेला चीनले हमदर्दी देखाइरहेको छ ।
अन्त्यमा कोरोना भाइरस साम्य भएपछि विश्व राजनीतिमा कुन राष्ट्र अग्रपंक्तिमा पुग्छ भन्न गाह्रो छ । चीन र रुस मिले भने पहिलो विश्व कहलिएका प्रजातान्त्रिक मुलुकहरु पछि परी कम्युनिष्ट दोस्रो विश्व प्रभावशाली भई उदाए तेस्रो विश्व पनि विकासशील राष्ट्रहरु त्यतै ढल्केलान् ।
यस्तो परिस्थिति परेमा चौँथो विश्व उपाधि पाएको चौँथो जगतको सुनियोजितरुपमा अर्धहत्या हुनेछ । सायद संसारको राजनैतिक ‘वाद’ को पनि परिभाषा परिवर्तन हुने होला ।
Facebook Comment