कोरोना महामारीः विश्वभर २४ घण्टामा ७३८० को मृत्यु, १४ लाख ३० हजारबढी संक्रमित (तालिका)

डिसी नेपाल
२६ चैत २०७६ ८:२६

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ३४ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमित मध्ये ३ लाख १ हजार ९ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् भने ४७ हजार ९ सय १३ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा यसको प्रभाव बढी देखिएको छ । अमेरिकामा एकै दिन १ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाउनेको यो संख्या सबैभन्दा धेरै हो ।

यो सँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ३७ पुगेको छ।

यस्तै २४ घण्टामा फ्रान्समा १४१७, स्पेन ७०४, इटली ६०४, जर्मनी २०६, यूके ७८६, बेल्जियम ४०३,नेदरल्याण्ड २३४, इरान १३३, ब्राजिल १२२ र स्विडेनमा ११४ जनाको ज्यान गएको छ । अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ।

२०९ देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *