विश्व कप फाइनलको टिर्सट बाट जोस बटलरले कोरोना भाईरस पिडीतको लागि उठाए ६५ हजार पाउन्ड

काठमाडौं । ईङल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले गत वर्ष विश्वकपको फाइनलमा लगाएको टिर्सटको लिलामीबाट कोरोना भाइरस बिरूद्ध लड्न सहयोगको लागी करिब ६५ हजार पाउन्ड जुटाएका छन । बटलरले गत बर्ष लॉर्ड्समा न्युजिल्यान्ड बिरूद्धको फाइनलमा उक्त टिर्सट लगाएका थिए।
टिर्सट बाट जुटाएका रकम उनले लन्डनमा रहेका रोयल ब्रम्पटन र हर्टफिल्ड अस्पतालहरूको लागि सहयोग गरेका छन । विश्वकप खेलको अन्तिम बलमा रन आउट भएका बटलरले खेलमा अर्ध शतक बनाएका थिए। केही हप्ता अगाडी उनले इबेमा उक्त टिर्सट लिलामीका लागि राखेका थिए ।
लिलामी मङलबार बन्द भएपछि त्यहाँ करिब ८२ बिड लागेको थियो । बिड विजेताले टिर्सटको लागी ६५ हजार १ सय पाउन्ड तिर्नु पर्ने प्राबधान रहेको थियो ।
प्रतिक्रिया
Facebook Comment