पुर्नबीमा कम्पनीको सेयर आवेदन दिने सबैले पाए

डिसी नेपाल
२६ चैत २०७६ ११:५९

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको सेयर बाँडफाँड भएको छ। सो सेयरमा सबैले न्युनतम १० कित्ता देखि बढीमा ४० कित्तासम्म पाएका छन्। कम्पनीको सेयर ३ लाख ९० हजार ६३८ जना आवेदकले पाएको कम्पनीले जनाएको छ।

कम्पनीले गत चैत ४ गतेदेनि ७ गतेसम्म १०० रुपैयाँ अंकित दरका एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण सेयरका लागि आवेदन खोलेको थियो।

साधारण सेयरका लागि तीन लाख ९१ हजार ६२६ जनाले आवेदन दिएको सेयर बिक्री प्रबन्धक आरवीवी मर्चेन्टले जनाएको छ । मर्चेन्टका अनुसार एक हजारको आवेदन रित नपुगेकाले रद्द गरिएको छ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार, २७ हजार ७४८ जनाले १० कित्ता, १५ हजार ५९० जनाले २० कित्ता, १२ हजार ७२३ जनाले ३० कित्ता र २० हजार ९२९ जनाले ४० कित्ता सेयर पाएका छन्।

५० कित्ताभन्दा बढी सेयर माग गर्ने तीन लाख १३ हजार छ सय ४८ जनाले ४० कित्ता पाएका छन् । बाँकी ७७ हजार दुई सय ४५ जना आवेदकलाई गोलाप्रथाबाट अधिकतम ५० कित्ता सेयर वितरण गरिएको आरबीबी मर्चेन्टले जानकारी दिएको छ।

कम्पनीका अनुसार सेयरका लागि स्वीकृत तीन लाख ९० हजार छ सय ३८ आवेदनमध्ये सबैभन्दा धेरै १० कित्ताका लागि थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *