कोरोनाभाइरस संक्रमितको संख्या लुकाइरहेको छ चीन ?

डिसी नेपाल
२६ चैत २०७६ १३:२४

बीबीसी। चीनमा कोराना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा खासै ठूलो छैन। वुहान सहरमा कोरोनाभाइरस सुरु भएदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या खासै ठूलो देखिँदैन।

बीबीसी संवाददाता रबिन ब्रैंटले यी सबै प्रश्नको खोजतलास गरेका छन्। जुन प्रश्न चीनले जारी गरेको तथ्यांकलाई लिएर उठाइएको छ। र चीनले जारी गरेको तथ्यांक कतिको विश्वास योग्छ छ? भनेर बुझ्ने कोशिश गरिएको छ।

केही महिनादेखि प्रत्येक विहान तीन बजे चीनका अधिकारीले कोरोनाभाइरस संक्रमणका तथ्यांक सार्वजनिक गर्थे, ताकि यो विषयमा विश्वले जानकारी पायोस्। सात अप्रिलसम्म चीनले कोरोना भाइरस संक्रमणका ८१ हजार ७ सय ४० केश भएको सार्वजनिक गरको थियो भने मृतकको संख्या ३ हजार ३ सय ३१ भएको जनाएको थियो।

कोरोनाको सुरुवात चीनबाट नै भएको थियो, तर जसरी चीनले कोरोनाको सामना गर्यो र कोरोनालाई परास्त गर्न सफल भयो, त्यसमा चीनमा प्रसंसा भयो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्ड्रेस एडमेनाम गेब्रीयेसोसले चीनको प्रयासको प्रसंसा गर्दै भनेका थिए, ‘जुन तेजीसँग चीनले यो महामारीलाई पत्ता लगायो र लगातार पारदर्शिता अपनाउने कोशिश गर्यो त्यो सराहनीय छ।’

यद्यपी डब्ल्यूएचओको तारिफकाबीच चीनले जारी गरेको तथ्यांक र संक्रमण नियन्त्रण गर्न गर्न सफल भएको दाबीप्रति सन्देह व्यक्त हुने गरेको छ।

गत हप्ता बेलायत सरकारका वरिष्ठ मन्त्री माइकल गोवले बीबीसीसँग भनेका थिए, ‘चीनसँग सम्बन्धित केही रिपोर्ट स्पष्ट छैनन्। जस्तै कोरोना भाइरस कुन स्तरसम्म फैलिएको छ, यसको प्रकृति के हो र अब कति फैलिन सक्छ?’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता कोरोना संक्रमण र कोरोनाबाट मृत्यु भएकाको जुन तथ्यांक छ, त्यो कम देखिएको बताएका थिए। तर केहीसमय पहिला अमेरिकी नेताहरुले चीनमाथि कोरोना संक्रमण तथ्यांक लुकाएको आरोप लगाएका थिए।

जसै जसै कोरोना भाइरस संक्रमण बढिरहेको छ, अमेकिारमा चीनमा भन्दा धेरै कोरोना भाइरस संक्रमित र मृतकको संख्या धेरै पुगेको छ।

तर अहिले के चिन्ता बढिरहेको छ भने चीन संक्रमण र संक्रमणका कारण भएको मृत्युको जानकारी इमान्दारिताका साथ दिइरहेको छैन। यो अविश्वास आंशिक रुपमा इतिहाससँग जोडिएको छ भने आंशिक रुपले स्पष्टताको कमीका कारण भइरहेको छ।

विश्व समक्ष कुनै पनि आधिकारिक तथ्यांक सार्वजनिक गर्ने विषयमा चीन बद्नाम छ। विश्वका धेरै देश भन्दा फरक चीनको जीडीपीको तथ्यांक चीनको असल आर्थिक प्रगति र सटिक तथ्यांक भन्दा पनि एक गाइड जस्तो छ।

कोरोना भाइरस महामारी भन्दा सरकार २०२० मा ६ प्रतिशतको वृद्धिदर चलिरहेको थियो। केही वर्षदेखि चीनले यस्ता लक्ष्य करिव करिव पूरा गरिरहेको थियो।

तर चीन भन्दा बाहिर बस्ने केही अर्थशास्त्रीहरु भने यो विषयमा प्रश्न उठाउँछन्। उनीहरुको भनाइमा विश्वमा कुनै पनि यस्तो अर्थव्यवस्था छैन जसको तुलना चीनमा यस लगातार भइरहेको शंकाश्पद विकासको दरमा पूग्न सकोस्।

कम्युनिष्ट पार्टीको प्रमुखताका कारण भविष्यमा पनि यस्तो लक्ष्यलाई सत्य बनाइन्छ, जुन वास्तवमा पूरा भएको हुँदैन। यदि कुनै नतिजा पार्टीले तय गरेको लक्ष्य अनुरुप भएन भने सत्य लुकाइन्छ।

कोरोनाभाइरसको पछि जुन परिभाषा दिइएयो, त्यो पहिला नै लागू गरिएको हुन्थ्यो भने चीनमा संक्रमित व्यक्तिको संख्या २ लाख ३२ हजार हुन्थ्यो अर्थात अहिलेको तथ्यांक भन्दा तीन गुना धेरै।

प्रान्तीयस्तरमा केही अधिकारीको गलत जीडीपी तथ्यांक फाइल गरेको आरोपमा सार्वजनिक रुपमा सजाय दिइएको थियो।

केही अनुमानका अनुसार चीनको वास्तविक आर्थिक विकास दर उसले तय गरेको लक्ष्यको आधामात्रै छ। विगतका वर्षहरुमा स्वतन्त्र विश्लेषणमा प्रान्तीयस्तरमा जुटाइएको तथ्यांकको आधारमा के दाबी गरिएको थियो भने आधिकारिक तथ्यांकको तुलनामा चीनको जीडीबी निकै कम छ।

यदि चीन आफ्नो विकास दरलाई लिएर निरन्तर प्रश्नको घेरामा रहन्छ भने यो भन्न अप्ठेरो हुँदैन कि कोरोना भाइरस संक्रमणसँग सम्बन्धित तथ्यांकलाई लिएर पनि यस्तो व्यवहार गर्न सक्छ।

हालैमा हुबे प्रान्त, (जहाँबाट कोरोना भाइरस महामारीको सुरुवात भएको थियो) का शीर्ष कम्युनिष्ट पार्टीका शीर्ष नेता यिङ याङले अधिकारीहरुसँग गल्ती र लुकाउने प्रयास नगर्न आग्रह गरेका थिए।

हामीलाई थाहा छ, कि डिसेम्बर २०१९ म हुबे प्रान्तको वुहान सहरबाट कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको थियो। तर यो कुनै रहस्य होइन कि चीनमा वास्वतमा आफ्नो अस्तित्व, यसको सीमा र सुरुवाती अवस्थामा यसको गम्भीरतालाई लुकाएको छ।

वुहानका मेयरले निकै पहिला जनवरीको सुरुवातमा जब यहाँ संक्रमणका करिव १ सय मामिला सार्वजनिक भएको बताएका थिए भने २३ जनवरीमा पूरै शहरमा लकडाउनको घोषणा गरिएको थियो।

चीनले विश्व स्वास्थ्य संगठनलाई ३१ डिसेम्बरमा कोरोनाभाइरसको जानकारी दिएको थियो। तर हामीलाई के पनि थाहा छ भने करिव त्यही समयमा एक डाक्टर जसले आफ्ना सहकर्मीलाई सार्स जस्तो कुनै भाइरस आएको भन्दै जानकारी दिएका थिए, जसलाई पछि प्रहरीले सोधपुछसमेत गरेको थियो।

डा. ली वेनलियाङ र अन्यलाई प्रहरीले सो विषयमा बोल्न दिएको थिएन। केही समयपछि डा. लीको मृत्यु कोरोनाभाइरसकै कारण भयो।

केही हप्ता अगाडि रापष्ट्रपछि सि जिनपिङ वुहान पुगेका थिए। कोरोना संक्रमण फैलिएपछि यो उनको पहिलो भ्रमण थियो। हुबे प्रान्तलाई छोडेर चीनमा कतै पनि कोरोना भाइरसको नयाँ केश फेला परेको थिएन।

हङकङ युनिभर्सिटीका स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर बेन काउलिङका अनुसार त्यतिबेला जुन तथ्यांक सार्वजनिक गरिएको थियो, त्यो स्थानीय रिपोर्टसका आधारमा तयार पारिएको थियो।

चीनले जुन तथ्यांकलाई रिपोर्ट गरेको छ, त्यसलाई वास्तविक र वैध मान्ने हो भने पनि विगतमा जसरी चीनले लगातार तथ्यांक हेरफेर गरेको छ, त्यसकारण अहिलेको तथ्यांकलाई आधार मान्न सकिँदैन।

जनवरीदेखि मार्चको सुरुवातसम्ममा नेशनल हेल्थ कमिशनले कोभिड–१९ लाई लिएर फरक फरक सात परिभाषा जारी गरेको छ।

प्रोफेसर काउलिङ भन्छन्, ‘सुरुवाती जाँचमा गम्भीर निमोनिया भएका विमारीलाई विशेष ध्यान दिइएको थियो। जो वुहानका थिए र जहाँबाट कोरोनाभाइरस संक्रमणको सुरुवात भएको थियो।

प्रोफेसर काउलिङका अनुसार कोरोनाभाइरसको पछि जुन परिभाषा दिइएयो, त्यो पहिला नै लागू गरिएको हुन्थ्यो भने चीनमा संक्रमित व्यक्तिको संख्या २ लाख ३२ हजार हुन्थ्यो अर्थात अहिलेको तथ्यांक भन्दा तीन गुना धेरै।

बीबीसी हिन्दीबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *