बैंकहरुले एक देखि डेढ प्रतिशतसम्म घटाए निक्षेपको व्याज,कर्जाको भने जेठबाट लागु

डिसी नेपाल
२६ चैत २०७६ १६:४८

काठमाडौं। बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर एक देखि डेढ प्रतिशतसम्मले घटाएका छन् । बैंकर्स संघले गरेको भद्र सहमतिअनुसार बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन् ।

बैंकर्सहरुले डेढ बर्ष अगाडी पनि व्याजदर नवढाउन भद्रसहमति गरेका थिए । सोही सहमतिलाई पुनरावलोकन गर्दै अहिले निक्षेपको व्याजदर झारेका हुन् ।

बैंकर्स संघले सार्वजनिक सुचना जारी गर्दै निक्षेपको व्याजदर घट्ने जानकारी दिएका हुन् । निक्षेपको व्याजदर घटेसँगै कर्जाको व्याजदर पनि घट्ने छ ।

व्यक्तिगत निक्षेप ८.५ प्रतिशतभन्दा बढी लिन नपाइनेछ भने संस्थागत निक्षेप अहिले भएको भन्दा डेढ प्रतिशत विन्दूले कम गरेका छन् । जस्तै १० प्रतिशतसम्म संस्थागत व्याज दिदै आएका बैंकहरुले अब ८.५ प्रतिशत मात्र दिनेछन् । नवीकरण गर्ने निक्षेपको ब्याजमा भने ०.१ प्रतिशत बढाउन सकिने छ ।

बचतखाताको व्याजदर पनि बैंकहरुले एक प्रतिशतले घटाएका छन् । यो बैंकअनुसार नै फरक पर्दछ । यसअघि कुनै बैंकहरुले अधिकतम व्याज ६.५ त कतिपयले ६ प्रतिशत गरेका थिए । अव प्रत्येकको एक प्रतिशत घट्नेछ ।

त्यस्तै बैंकहरुले कर्जा दिदा आधारदरमा लिने अधिकतम प्रिमियमको दर पनि एक प्रतिशतले घटाएका छन् । यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ । जेठबाट लागु हुने कर्जाको व्याजभने ०.७५ प्रतिशतसम्म घट्ने बैंकर्स संघले जनाएको छ ।

बचतको व्याज बुधबारबाट नै घटेपनि निक्षेपको व्याज भने घट्न समय लाग्ने बैंकर्स एसोसिएसनका सिइओ अनिल शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *