फागुनमा १२.२ प्रतिशत बढ्यो राजस्व
काठमाडौं। चालु आर्थिक बर्षको आठ महिनामा सरकारले ५ खर्ब ७० अर्ब ६३ करोड राजस्व संकलन गरेको छ। यो गत आर्थिक बर्षको तुलनामा १२.२ प्रतिशतले बढी हो।
अर्थमन्त्रालयले जनाएको छ। सरकारले चालु आर्थिक बर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ। फागुन मसान्तसम्ममा सरकारले ५ खर्ब ८ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा ५ खर्ब ७० अर्ब राजस्व उठेको छ। यो गत बर्षको तुलनामा १२.२ प्रतिशत बढी हो।
चालु आर्थिक बर्षको पहिलो आठ महिनामा भन्सार महसुल २.२ प्रतिशतले घटेको छ। आठ महिनामा भन्सार महसुल एक खर्ब ३ अर्ब उठाउन लक्ष्य भएपनि एक खर्ब १ अर्ब मात्र उठेको छ, त्यस्तै मूल्य अभिबृद्धि करतर्फ र अन्तशुल्क तर्फको पैठारी ४.९ र ८.७ प्रतिशतले घटेको छ।
कोरोना संक्रमणका कारण विभिन्न देशमा लक डाउन भएको र उनीहरुले आयात तथा निर्यातमा प्रतिबन्ध लगाएका कारण भन्सार राजस्व र भ्याट र अन्तशुल्क तफएको पैठारीमा कमी आएको अर्थमन्त्रालयले जनाएको छ।
राजस्व अन्तर्गत मूल्य अभिबृद्धि कर ९ प्रतिशतले बृद्धि भएको छ भने अन्तशुल्क २ प्रतिशतले,आयकर २९ प्रतिशतले बृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ।
Facebook Comment