कोरोनाभाइरसले श्रम र रोजगारीमा विनाशकारी प्रभाव पार्ने आइएलओको प्रक्षेपण
काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओले) जारी कोरोनाभाइरसको महामारीले २०२० को दोस्रो त्रैमासिकसम्म विश्वव्यापी रुपमा काम गर्ने समय ६ दशमलव ७ प्रतिशतले घटाउने प्रक्षेपण गरेको छ । यो कार्यसमय भनेको १९ करोड ५० लाख पूर्णकालीन कामदार बराबर हो । पछिल्लो समय अरब देशहरुमा ८.१ प्रतिशत (५० लाख पूर्णकालीन कामदार बराबर), युरोपमा ७.८ प्रतिशत (१ करोड २० लाख पूर्णकालीन कामदार बराबर) तथा एसिया प्यासिफिकमा ७.२ प्रतिशत (१२ करोड ५० लाख कामदार बराबर) काम घटिसकेको आइएलओले जनाएको छ ।
फरक फरक आय स्तर भएका समूहहरुमा ठूलो क्षतिको अनुमान गरिए पनि यसले विशेष गरी उच्च मध्यम आय भएका देशहरुलाई बढी प्रभाव पार्नेछ । यी देशहरुमा ७ प्रतिशत (१० करोड पूर्णकालीन कामदार बराबर) क्षति गर्ने अनुमान गरिएको छ । यो भनेको २००८–०९ को आर्थिक मन्दीभन्दा पनि धेरै हो । यो संकटले सबैभन्दा धेरै आवास, खाद्य सेवा, उत्पादन, खुद्रा व्यवसाय र प्रशासनिक क्षेत्रमा प्रभाव पार्नेछ । आइएलओले यसअघि २०२० को अन्त्यसम्म २ करोड ५० लाख जना बेरोजगार हुने अनुमान गरेको थियो तर यो संख्या अझै उच्च हुन सक्ने आशंका गरिएको छ ।
विश्व्व्यापी रुपमा कामम सक्रिय ३ अर्ब ३० करोड जनसंख्याको ८१ प्रतिशत संख्या पूर्ण वा आंशिक रुपमा कार्यस्थल बन्द भएका कारण प्रभावित भएको आइएलओले जनाएको छ । विकसित र विकासशील दुवै अर्थतन्त्र भएका देशमा कामदार र व्यवसायले विनाशको सामना गरिरहेका छन्’ आइएलओका महानिर्देशक गाइ राइडरले भने ‘हामी छिटो, निर्णायक रुपमा र साथमा अघि बढ्नुपर्छ । सही र जरुरी उपायहरुले अस्तित्व र पतनको बीचमा फरक पार्नेछन् ।’
Facebook Comment