डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

डिसी नेपाल
२७ चैत २०७६ २०:२५

अमरगढी । डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ ।

आज बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याइएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी हुँदै काठमाडौँ पठाइएको हो । डडेल्धुराका तीन स्थानबाट स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा भारतलगायत अन्य मुलुकबाट आएका १९० जनाको स्वाब सङ्कलन गरिएको उनले बताए ।

भारतलगायत अन्य मुलुकबाट भित्रिने स्थानीयको सङ्ख्या तीन हजार बढी छ । तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने १०७ जना बसेका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित पर्शुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र पर्शुराम नगरपालिका–७ सादनीको शिवशङ्कर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन कार्य जारी रहेको छ । स्वाब सङ्कलनका लागि केन्द्रबाट १९० थान भिटिएम हेलिकप्टरमार्फत डडेल्धुरा पु¥याइएपछि सङ्कलन कार्य शुरु भएको थियो । सङ्कलित नमूना आज नै धनगढी हुँदै काठमाडौँ पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *