लकडाउन भएपछि श्रीमती माइतीमै थुनिइन्, श्रीमानलाई उनको यादले यति सतायो कि…
काठमाडौं। श्रीमती माइत गएकी थिइन् । उनी माइतीबाट नफर्किंदै कोरोनाभाइरसको प्रकोप रोक्नका लागि लकडाउन भयो । लकडाउनका कारण श्रीमती घर फर्किन पाइनन् । श्रीमतीसँग टाढा बस्नुपर्दा उनका श्रीमानलाई यतिसम्म तनाव भयो कि उनले आत्महत्या गरे । आज तकले समाचार एजेन्सी पीटिआइलाई उद्धृत गर्दै लेखेअनुसार घटना भारतको उत्तर प्रदेशको गोंडा जिल्लाको हो ।
समाचार अनुसार ती व्यक्तिमाथि उनकी पत्नीको याद यतिसम्म हावी भयो कि उनले झुण्डिएर आत्महत्या गरे । इन्स्पेक्टर आलोक रावका अनुसार ३२ वर्षका राकेश सोनीकी पत्नी लकडाउनका कारण माइतीमै फसेकी थिइन् । लकडाउनका कारण उनलाई श्रीमतीको यादले सताउन थाल्यो । राकेश आफ्नी श्रीमतीसँग भेट्न पाइरहेका थिएनन् । यही कारण उनी यति तनावमा आए कि उनले आत्महत्या गरे ।
प्रतिक्रिया
Facebook Comment