आर्थिक संकलन तथा राहत वितरणमा एनआरएनएको कडाइ, व्यक्तिगत खाता प्रयोग नगर्न आह्वान
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्यविधि पारित गरेको छ । संघ महासचिव डा। हेमराज शर्माका अनुसार बिहीवार बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।
नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।
आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए ।
संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।
संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ ।
यसरी गर्न सकिन्छ राहतकोषमा सहयोग
Facebook Comment