कोरोना असर : फागुनमा रेमिट्यान्स २.३४ अर्व कमी

डिसी नेपाल
२८ चैत २०७६ १२:५४

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको असर नेपाल भित्रने रेमिट्यान्समा परेको छ। कोरोनाले बैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी घट्दा उनहरुले पठाउने रेमिट्यान्समा पनि गिरावट आएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएकोमा यस वर्ष २ अर्ब ३४ करोडले घटेको हो।

कोरोनाले विश्व अर्थतन्त्रमा नै मन्दी आएकाले आगामी महिना रेमिट्यान्स अझै घट्नेछ। कोरोनाको संक्रमणका कारण विश्व अर्थतन्त्र नै थला पर्न थालेपछि नेपालबाट विभिन्न मुलुकमा काम गर्न गएका नेपालीहरु पनि प्रत्यक्ष मारमा परेका छन्। जसका कारण पनि रेमिट्यान्समा प्रभाव परेको हो  नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा झन्डै २४ प्रतिशत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *