फाइभ जी इन्टरनेटले कोरोनाभाइरस फैलाएको भन्दै २० भन्दा धेरै मोवाइल टावर जलाइए
काठमाडौं। बेलायतमा द्रुत गतिको इन्टरनेट प्रविधि फाइभ जीले कोरोनाभाइरस फैलाएको हल्ला फैलिएपछि मानिसहरु मोपाइल फोनको टावर जलाउन थालेका छन् । मानिसहरु फाइभ जी कनेक्टिभिटीलाई दोषी मान्दै टावर जलाउने र मोवाइल इन्जिनियरहरुलाई धम्की दिन थालेका छन् । यद्यपि विज्ञहरुले यो संक्रमणसँग यो इन्टरनेट प्रविधिको कुनै सम्बनध नभएको बताइरहेका छन् तर हल्लाले निकै ठूलो बितण्डा फैलाइसकेको छ । द गार्डियनका अनुसार २० भन्दा धेरै मोवाइल टावर तोडफोड गरिएका र जलाइएका छन् ।
क्याबिनेट मन्त्री माइकल गोभले इन्टरनेट र भाइरसको सम्बन्ध भएको हल्लाको अण्डन गरेका छन् । उनले यो हल्लालाई मुर्खतापूर्ण र खतरनाक बताएका छन् । मोवाइल कनेक्टिभिटीको अहम सुविधाहरुलाई नोक्सान पुर्याइएका कारण अब यहाँको संचार नेटवर्कमा खतरा उत्पन्न भएको छ । सामाजिक संजालमा कोरोनाभाइर फैलाउन फाइभ जी जिम्मेवार रहेको बताइएका पोस्टहरु ठूलो मात्रामा छन् । तथाकथित कोरोना विशेषज्ञले आफ्ना लेखमार्फत तर्क दिन थालेका छन् । यो सबलाई मध्यनजर गर्दै गुगलले यो विषयमा दखल दिने निर्णय गरेको छ ।
Facebook Comment