सडकमा खसेका थिए हजारौं रुपैयाँका नोट, मानिसहरुले टिप्न डराएर प्रहरीलाई बोलाए

डिसी नेपाल
२८ चैत २०७६ १४:२२

काठमाडौं। विश्वभर कोरोनाभाइरसको ज्ञास बढिरहेका बेला मानिसहरु अहिले यतिसम्म डराएका छन् कि पहिले सडकमा खसेका १–२ रुपैयाँका सिक्कासमेत टिप्ने मानिसहरुले अहिले हजारौं रुपैयाँ पनि टिप्न डराइरहेका छन् र यस्तै घटना भारतको राजधानी दिल्लीमा भयो । आज तकको समाचार अनुसार दिल्लीको द्वारका सेक्टर ४ मा २ हजार र ५ सय रुपैयाँका नोटहरु सडकमा खसेका थिए तर मानिसहरुले टिपेनन् ।

पहिले पुलिस स्टेशन नजिकै ५ सयका ३ नोट भेटेको थियो । बिहीबार बुद्ध बिहारमा २ हजार दरका केही नोट सडकमा भेटिए । स्थानीयले सडकमा पैसा त देखे तर उनहिरुले ती नोट टिप्ने हिम्मत गर्न सकेनन् । नोटबाट कोरोनाभाइरस संक्रमण फैलिने डरले उनीहरुले पुलिसलाई फोन गरे । पुलिसले घटनास्थल गएर अनुसन्धान गरिरहेका बेला पैसा खसाल्ने व्यक्ति पैसा खोज्दै आइपुगे । त्यहाँ नजिकै एटिएम थियो र ती व्यक्तिले एटिएमबाट पैसा निकालेपछि अल्तीमा राख्ने क्रममा झुक्किएर खसालेका थए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *