नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको आरोप, सरकारी निकायबाटै सर्कुलर

डिसी नेपाल
२८ चैत २०७६ १५:०२

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभरी बढिरहेको छ । छिमेकी देश भारतमा पनि भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो समय भारतमा मुस्लिमहरुको संगठन ‘तबलीगी जमात’को एक धार्मिक कार्यक्रम भएपछि ठूलो संख्यामा संक्रमण फैलिएको छ । यो कार्यक्रमपछि तबलिगी जमातसँग सम्बद्ध व्यक्तिहरु ठूलो संख्यामा संक्रमित पाइएका छन् । यो कार्यक्रममा नेपालबाट पनि मुस्लिमहरु गएका थिए । उनीहरुलाई नेपालमै क्वारेन्टाइनमा राखिएको छ ।

यही बीचमा नेपालसँग सीमावर्ती भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक नेपालीले भारतमा कोरोनाभाइरसको संक्रमण फैलाउने योजना बनाइरहेको भन्दै आफू मातहतका निकायमा निर्देशन सर्कुलर गरेका छन् । उनले आफूलाई नेपाल भारत सीमामा तैनाथ सीमा सुरक्षा बलले एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको भन्दै रिपोर्टिङ गरेको पत्रमा उल्लेख गरेका छन् ।

पुलीस अधीक्षक, अनुमंडल पदाधिकारी र प्रखण्ड विकास अधिकारीलाई पठाइएको पत्रमा पर्सा जिल्लाका जालिम मुखिया नामका एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाइरहेको उल्लेख छ । पत्रमा जालिम मुखिया नेपाल र भारतमा अवैध हतियार तस्करीमा सहभागी भएको पनि आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *