मलेसियामा एमसिओ थप १४ दिन थपियो

डिसी नेपाल
२८ चैत २०७६ १६:१३

क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अर्डर – एमसिओ) १४ दिन थप गरेको छ । मलेसियन सरकारले आगामी अप्रिल २८ तारिख सम्म अागमन नियन्त्रण आदेश थप गरेकाे मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले जानकारी दिएका हुन ।

गत मार्च १८ देखि ३१ सम्म लागु गरिएकाे आगमन नियन्त्रण कार्यक्रमलाई दाेस्राेपटक थप गरेर अप्रिल १४ सम्म थपेकाे थियाे । यधपी मलेसियाले तेस्रोपटक थप गर्दै आगामी अप्रिल २८ सम्म एमसिओ लागु गरेकाे हाे ।

मलेसियाले यस्ताे किसिमकाे बन्दलाई लकडाउन नभनेर मुभमेन्ट कन्ट्रोल अर्डर (एमओसि) भनेकाे छ । मलेसियामा अहिलेसम्म संक्रमित दिनानुदिन बढदै जानु र मृत्यु दर पनि बढेपछि यस्ताे किसिमकाे नियन्त्रण अादेश जारी गरेकाे मलेसिया सरकारले जनाएको छ । यस्ताे बन्दमा सरकारले ताेकेकाे अत्यावश्यक काम र क्षेत्र बाहेक सबै बन्द रहनेछन् ।

बिहिवारसम्म काेराेनाकाे कारण ७० जनाले ज्यान गुमाएका छन भने ४ हजार ३ सय ५६ मा काेराेना संक्रमण देखिएको थियाे । जस अन्तर्गत ४ सय १६ जना विदेशीलाई संक्रमण रहेकाे मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा काेराेना संक्रमित बिदेशीलाइ सरकारले उपचार गर्ने गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *