कोरोना कोषमा नेशनल लाइफको ५१ लाख सहयोग

डिसी नेपाल
२८ चैत २०७६ १८:४४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख प्रदान गरेको छ ।

शुक्रबार कम्पनीले ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई उपलब्ध गराएको छ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *