दश हजार लिटर सेनिटाइजर हस्तान्तरण
काठमाडौँ । सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गरे।
सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर सङ्घीय सरकारलाई तीन हजार लिटर र सात प्रदेशलाई एक हजार लिटरका दरले वितरण गर्ने जानकारी गराए । उक्त सेनिटाइजर करिब रु एक करोड मूल्यबराबरको रहेको छ । मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिए ।
सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताए । औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो ।
Facebook Comment