आज यस्तो छ विदेशी मुद्राको भाउ, कुन देशको कति ?

डिसी नेपाल
२९ चैत २०७६ ६:२७

काठमाडौँ । आज चैत २९गते (शनिबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर खस्केको छ ।

विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ र बिक्रिदर १ सय ५२ पैयाँ ७५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ४५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २१ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ ६० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *