आज अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ स्थिर
काठमाडौँ । आज चैत ३० गते (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ र बिक्रिदर १ सय ५२ पैयाँ ७५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ४५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २१ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ ६० पैसा रहेको छ।
Facebook Comment