कोरोना महामारीः सबैभन्दा धेरै क्षति व्योहोरेको इटलीलाई अमेरिकाले उछिन्यो
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ठूलो मानवीय क्षति व्यहोरेको इटलीलाई अमेरिकाले उछिनेको छ। विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा धेरै भएको हो।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० जना संक्रमितको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ।
यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म ५ लाख ३२ हजार ८ सय ७९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ३० हजार ३ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन्।
यस्तै इटलीमा हालसम्म १९ हजार ४ सय ६८ जना संक्रमितको ज्यान गएको छ। शनिबार मात्रै इटलीमा ६ सय १९ जना मानिसको ज्यान गुमाएका हुन्।
इटलीमा हालसम्म १ लाख ५२ हजार २ सय ७१ जना मानिस कोरोना संक्रमित भएको पुष्टी भएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएका हुन्।
कोरोना भाइरसको महामारीबाट विश्वभर १ लाख ८ हजार ७ सय ७० संक्रमितको ज्यान गइरसको छ।
Facebook Comment